सडक नजिकै कल्भर्टमुनि महिलाको शव भेटियो

सडक नजिकै कल्भर्टमुनि महिलाको शव भेटियो

तुलसीपुर,मंसिर २० –

 

तुलसीपुर घोराही सडकखण्डको खैराचोक नजिकै सोमबार एक महिला मृत अवस्थामा फेला परेकी छन्। चौधरी त्रिपुर ५ खैराचोक भन्दा सय मिटर पश्चिमतर्फ कल्भर्ट मुनि त्रिपुर ५ चागुकी ४२ वर्षकी कल्पना मृत अवस्थामा भेटिएकी इलाका प्रहरी कार्यालय नारायणपुरका प्रहरी नायव निरीक्षक मोहनलाल अधिकारीले जानकारी दिए।

चौधरी मदिराको अम्मली भएको खुल्न आएको उनले जानकारी दिए। अधिकारीले भने ‘मृतक चौधरी २४ सैं घन्दा मदिरामा सेवन गर्ने महिला रहेको भन्ने खुल्न आएको छ, यद्यपी घटनाबारे हामी अनुसन्धानमै छौं।’ चौधरीका परिवारले आइतबार र बेलुका ६ बजेतिर मदिरा खाएर घरबाट निस्किएको र त्यसपछि घर नफर्किएको बताएको प्रहरीले बताएको छ। अत्यधिक मदिरा सेवन गरेपछि चौधरी कल्भर्ट नजिकै बसेको समयमा लडेर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ