Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु – Gaule Khabar

ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु

ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु

गौशाला, मंसिर २३–

महोत्तरी जिल्लाको धिरापुर गाविसमा बुधबार ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको मटिहानी–५ बस्ने प्रगास यादवकी पत्नी ४२ वर्षीया पुकारीदेवी यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताउनुभयो ।

वनबाट आफ्नो घर जाँदै गरेकी यादवलाई धिरापुरबाट मटिहानीको विग्ही नदीमा माटो लिन जाँदै गरेको ज १ त २३०९ नंको ट्र्याक्टरले धिरापुर–९ स्थित बाटोमा पछाडिबाट ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

गम्भीर घाइते महिला यादवलाई उपचारका लागि भारत विहारको मधवापुर सहरमा लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरी उपरीक्षक उपाध्यायले बताउनुभयो । घटनापश्चात् प्रहरीले ट्र्याक्टर नियन्त्रणमा लिएको छ भने चालक फरार भएको र उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका