Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अखिल छैठौंको सीमा बचाउँ अभियान – Gaule Khabar

अखिल छैठौंको सीमा बचाउँ अभियान

अखिल छैठौंको सीमा बचाउँ अभियान

नवलपरासी, मंसिर १६–

नवलपरासीको त्रिबेणी–४ सुस्तामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको (छैठौ) १५ दिने सिमा बचाउ अभियानको उद्घाटन गरिएको छ ।
‘अतिक्रमण भुमी फिर्ता गर,सिमा अतिक्रमण बन्द गर’ जस्ता नारा लगाउँदै कार्यक्रमको उद्घाटन गरिएको हो ।
कार्यक्रम राष्ट्यि जन मोर्चाका कार्यकारी अध्यक्ष रेशमीराज नेपालीको प्रमुख आतिथ्यता तथा अनेरास्ववियु (छैठौ)का अध्यक्ष बिमल पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थयो । कार्यक्रममा अखिल (छैठौ)का पूर्व अध्यक्ष अनिल घिमिरे, अखिल नेपाल युवक संघका महासचिव बाबुराम पन्थी, राष्ट्रिय जनमोर्चा नवलपरासीका अध्यक्ष रेम राना, सुस्ता बचाऊ अभियानका अध्यक्ष गोपाल गुरुङग लगायतको उपस्थिती रहेको थियो ।
नेपाल र भारतबीच जोडीएका २६ जिल्ला मध्ये २३ जिल्लाका ७१ स्थानमा नेपाली जमीन मिचिएको छ । बैतडी, डडेलधुरा र धनुषामा भने सीमा मिचीएको छैन । सबै भन्दा धेरै कालापानीमा २०१९ साल देखी ३७ हजार हेक्टर र सबै भन्दा थोरै कपिलवस्तुको कृष्णानगरमा १ हेक्टर जमिन मिचीएको र नवलपरासी सुस्तामा १४ हजार ४ सय हेक्टर जमिन मिचिएको अध्यक्ष बिमल पोखरेल जानकारी दिनुभयो ।
यो अभियान नवलपरासीको सुस्ता देखी ईलामको माने भन्ज्यागं सम्म रहने जनाईएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका