डाईभर्सन निर्माण गरियो, एकतर्फी यातायात संचालन

डाईभर्सन निर्माण गरियो, एकतर्फी यातायात संचालन

नवलपरासी, मंसिर २६–

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासको देवचुली नगरपालिका–१३ दलदलेस्थित बौलाहा खोलाको पुल भाँचिएपछि डाइभर्सनमार्फत् एकतर्फी यातायात सञ्चालन गरिएको छ ।

आइतबार बिहान ३ बजे ना ६ ख ३०१७ नम्बरको ट्रकले पुलको पूर्वपट्टिको भागमा ठक्कर दिँदा बायाँतर्फको भाग एक फिट तल लच्केको छ ।

इलाका प्रहरी कार्यालय कावासोतीका डिएसपी राजेश थापाले सडक डिभिजन कार्यालय बुटवल र प्रहरीको सहकार्यमा डाईभर्सन निर्माण गरेर अहिले सवारी पास गरिरहेकोजानकारी दिए ।

पुल भाँचिएपछि राजमार्गमा सवारी साधनहरुको ७० किलोमिटर भन्दा लामो लाइन लागेको छ । दलदलेदेखि डण्डाबजारसम्म र केउरेनीदेखि गैंडाकोटसम्म सवारीको लाइन रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ