नवलपरासीमा पूर्व पश्चिम राजमार्गको पुल भाँचियो, सयौं गाडी रोकिए

नवलपरासीमा पूर्व पश्चिम राजमार्गको पुल भाँचियो, सयौं गाडी रोकिए

ज्ञानु पंगेनी,
नवलपरासी, मंसिर २६–

नवलपरासको देवचुली नगरपालिका–१३ दलदलेस्थित बौलाहा खोलाको पुल भाँचिदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । आज बिहान साढे तिन बजेको समयमा ना ६ ख ३०१७ नम्बरको खाली ट्रकले पुलको पूर्व पट्टिको भागमा ठक्कर दिँदा बाँया पट्टीको भाग १ फिट तल लच्किएपछि गर्दा हेभी गाडीहरुलाई प्रवेशमा रोक लगाईएको छ ।
यात्रु बाहाक बसलाई भने यात्रु उतारेर पुलबाट आवत जावतको ब्यवस्था बिलाए पनि ट्रक पुलमा पल्टिएर बाटो २ घण्टा पूर्ण रुपले अवरुद्ध हुँदा लामो लाम लाग्दा समस्या भएको ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नयाव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । पल्टिएको ट्रक भने सो स्थानबाट हटाईएको र पुल भाचिएको स्थानमा एक तर्फी रुपमा साना सवारी मात्र संचालनमा रहेका छन भने हेभी सवारी साधनको लागि बैकल्पिक बाटो निमार्ण कार्य अगाडि बढाईएको छ ।
पुलबाट ठुला सवारी चलाउन मिल्ने नमिल्ने यातायात बिभाग बुटवलबाट ईन्जिनियरको टोलि आए पछि निक्र्योल हुने र यातायाता बिभागको टोलि बुटवलबाट आउने क्रममा रहेको प्रहरी नायव उपरीक्षक थापाले जानकरी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ