Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
काभ्रेपलाञ्चोक आलु सुपरजोनका लागि योग्य – Gaule Khabar

काभ्रेपलाञ्चोक आलु सुपरजोनका लागि योग्य

काभ्रेपलाञ्चोक आलु सुपरजोनका लागि योग्य

बनेपा, मंसिर २३ –

प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाअन्तर्गत काभ्रेपलाञ्चोकको तीन नगरपालिका र चार गाविस आलु सुपरजोन कार्यक्रमका लागि योग्य देखिएका छन् ।

जिल्लाको बनेपा, पनौती, पाँचखाल नगरपालिका तथा कुशादेवी र उग्रचण्डीनाला गाविसमा आलु सुपरजोन कार्यक्रम लागू हुने भएको कृषि अधिकृत कृष्ण धितालले जानकारी दिनुभयो । आलु सुपरजोन कार्यक्रम लागू भएपछि त्यसको औद्योगिकीकरण, अनुसन्धान, जैविक मलको उत्पादन, जैविक विषादीको उत्पादन, आलुको बीउका लागि टिस्यु कल्चर ल्याबसमेत स्थापना हुनेछ ।

कुनै पनि बालीको पकेटका लागि १० हेक्टर, ब्लकका लागि १०० हेक्टर, जोनका लागि ५०० हेक्टर र सुपरजोनका लागि एक हजार हेक्टर क्षेत्रफल उत्पादन र उत्पादकत्व वृद्धि गर्न आवश्यक हुन्छ । यसमा आलुको मात्रै विषय छैन, जुनसुकै बाली पनि हुन सक्छ कृषि अधिकृत धितालले भन्नुभयो ।

जिल्लामा मकैको बीउका लागि काशीखण्ड नगरपालिका, शिखरआम्बोटे र खहरेपाँगुको ब्लक निर्माण गरिएको छ । आलु सुपरजोनका लागि १० वर्षसम्म लागू हुने सो परियोजनाका लागि यस वर्ष रु आठ करोडको बजेट छ ।

कृषि अधिकृत धितालले यसबाट कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यावसायिक, दिगो एवम् आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने सोच राखिएको बताउनुभयो । देशभर विभिन्न बालीको सुपरजोन रहेकामा ३ नं प्रदेशका लागि काभ्रेपलाञ्चोकलाई आलुको सुपरजोन बनाउन खोजिएको हो ।

कृषि क्षेत्रको अतिरिक्त श्रमशक्तिलाई कृषि तथा गैरकृषिमा आधारित सेवा र उद्योग क्षेत्रतर्फ आकर्षित गरी यस क्षेत्रमाथिको निर्भरता कम गर्नका लागि यस परियोजनाले सहयोग गर्ने विश्वास लिइएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका