Gaule Khabar
शुक्रबार, मंसिर २३, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

सत्तामा साझेदारीभन्दा व्यवस्थापनमा जोड दिनुपर्छः नेता पौडेल

  • admin
  • शनिबार, मंसिर २५, २०७३
[sharethis-inline-buttons]
सत्तामा साझेदारीभन्दा व्यवस्थापनमा जोड दिनुपर्छः नेता पौडेल

तनहुँ, मंसिर २५–

नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् सांसद रामचन्द्र पौडेलले सत्ता साझेदारीभन्दा व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभएको छ ।

व्यास नगरपालिका कार्यालयको बहुउद्देश्यीय भवनको आज शिलान्यास गर्दै नेता पौडेलले सत्ता हात पार्ने फोहोरी खेलका कारण देशमा राजनीतिक अस्थिरता रहेको बताउनुभयो ।

नेपाली काँग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रले मधेस केन्द्रित पार्टीलाई पनि विश्वासमा लिएर अघि बढ्नुपर्ने नेता पौडेलको भनाइ थियो । ‘‘दलका नेताहरुले नै लोकतन्त्रलाई स्वीकार नगरेका कारण लोकतन्त्रविरुद्ध नै षड्यन्त्र भइरहेको छ’’ नेता पौडेलले भन्नुभयो ।

हिमाल, पहाड र तराई सबै क्षेत्रलाई समेट्दै देशलाई जोगाएर विकासलाई अघि बढाउनसके १० वर्षमा देशमा कायापलट हुने र युवा विदेसिने क्रमलाई रोक्न सकिने उहाँको धारणा थियो ।

पूर्वराज्यमन्त्री अमरराज कैनीले स्थानीय निकायको चुनाव नहुँदासम्म नेपाली जनताले लोकतन्त्र, प्रजातन्त्र र विकासको अनुभूति गर्न नसक्ने हुँदा संविधान कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति वैकु न्यौपाने, नेकपा (एमाले) वैकल्पिक सदस्य प्रतापलाल श्रेष्ठ, नेकपा ९माओवादी केन्द्र०का युवा नेता अतिन्द्रकेशरी न्यौपानेलगायतका वक्ताले नगर क्षेत्रको विकासका लागि राजनीतिक दलहरु सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।

नगरपालिका कार्यालयका कार्यकारी अधिकृत डिल्लीराम सिग्देलका अनुसार रु ११ करोड ३७ लाख ८६ हजारको लागतमा निर्माण गरिने उक्त भवन २०७४ माघमा सम्पन्न गर्ने लक्ष्य रहेको छ । –रासस

[sharethis-inline-buttons]

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ