साताको सेयर बजारः रु. तीन अर्ब बढीको कारोबार

साताको सेयर बजारः रु. तीन अर्ब बढीको कारोबार

काठमाडौँ, मंसिर २५–

धितोपत्र बजारमा यस साता रु तीन अर्ब २८ करोड ७६ लाख ६२ हजार बराबरका ४२ लाख ९८ हजार दुई सय कत्ता सेयरहरु खरिदबिक्री भएका छन् ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १५४ कम्पनीको सेयर कारोबार भएको हो । गत साता १५२ कम्पनीको रु पाँच अर्ब ८३ करोड २५ लाख ३५ हजार बराबरका ७४ लाख ६१ हजार तीन सय १० कित्ता सेयर खरिदबिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २६ दशमलव २७ अङ्कले घटेर अन्तिम दिन एक हजार ५४४ दशमलव ६८ अङ्कमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ५ दशमलव ३७ अङ्कले घटेर ३३४ दशमलव ४३ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकमको आधारमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको रु ३५ करोड ४४ लाख ७० हजार बराबरको कारोबार भएको थियो । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा सिद्धार्थ बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको तीन लाख १४ हजार कित्ता सेयर खरिदबिक्री भएको स्टकले जनाएको छ ।

यस्तै स्टकमा नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको साधारणतर्फ दश लाख कित्ता, फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडको तीन लाख ४५ हजार वोनस, मालिका विकास बैंकको सात लाख ६ हजार ८३५ वोनस, सिद्धार्थ फाइनान्स लिमिटेडको तीन लाख ५५ हजार ९५० कित्ता वोनस, रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ११ लाख ५५ हजार हकप्रद र आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको दश लाख कित्ता साधारण सेयर सूचीकृत भएको छ । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ