Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पाल्पामा दुईसय ९५ एचआइभी सङ्क्रमित – Gaule Khabar

पाल्पामा दुईसय ९५ एचआइभी सङ्क्रमित

पाल्पामा दुईसय ९५ एचआइभी सङ्क्रमित

पाल्पा, मंसिर २४ –

जिल्लामा हालसम्म दुईसय ९५ जना व्यक्ति एचआइभी एड्सबाट सङ्क्रमित भएका छन् ।

जिल्लाका स्वास्थ्य संस्थामा एचआइभी परीक्षणबाट २७ र जिल्लाबाहिर स्वास्थ्य परीक्षणबाट भेटिएका तीनजना सहित सङ्क्रमितको सङ्ख्या दुईसय ९५ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय, पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताउनुभयो । सङ्क्रमितमा एकसय ५७ पुरुष र एकसय ३८ महिला रहेका छन् ।

कुल सङ्क्रमितमध्ये १८ वर्ष मुनिका ३८ बालबालिका एचआइभी एड्सबाट सङ्क्रमित अवस्थामा रहेका छन् । सूचना अधिकारी ज्ञवालीका अनुसार जिल्लामा ४१ जना सङ्क्रमित सार्वजनिक भइसकेका हुन् ।

गत आवमा पाल्पामा एचआइभी एड्सबाट सङ्क्रमितमध्ये पाँचजनाले ज्यान गुमाएका हुन् । त्यसमध्ये एक पुरुष र चारजना महिला रहेका छन् । औषधि नियमतिरुपमा सेवन नगर्दा र रोगप्रति खेलबाड गरेकाले मुत्यु भएका हुन् । जिल्लामा आव २०७०÷७१ मा ८६ एचआइभी एड्स प्रभावित बनेको थियो । आमाबाबुले नियमितरुपमा औषधिको सेवन नगर्दा नवजात शिशु एचआइभी सङ्क्रमित हुँदै आएका छन् ।

पाल्पाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालले सङ्क्रमितका लागि निःशुल्क ‘एआरभी’ औषधि वितरण गर्न थालेपछि एचआइभी एड्सका सङ्क्रमित खुसी छन् । पाल्पा जिल्लामा एकसय ७१ जनाले नियमित ‘एआरभी’ औषधि सेवन गर्ने ज्ञवाली बताउनुहुन्छ । औषधि सेवन गर्नेमा ९१ पुरुष र ८० जना महिला रहेका छन् ।

पाल्पाका अधिकांश गाविसबाट काम गर्न भारत जाने चलनका कारण यहाँ एचआइभी सङ्क्रमित भएर आउँदा घरपरिवार, श्रीमती र सङ्क्रमित महिलाबाट जन्मने शिशुसमेत एचआइभी सङ्क्रमित हुनुपर्ने बाध्यता छ ।

एचआइभी रोकथाम तथा नियन्त्रण गर्न सरकारी, गैरसरकारी संस्थाले कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुन नसक्दा एचआइभी एड्सबाट सङ्क्रमित बर्सेनि ज्यान गुमाउन बाध्य छन् । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका