Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
शिक्षक सहरकेन्द्रित, दुर्गमका विद्यालय खाली – Gaule Khabar

शिक्षक सहरकेन्द्रित, दुर्गमका विद्यालय खाली

शिक्षक सहरकेन्द्रित, दुर्गमका विद्यालय खाली

गाईघाट (उदयपुर), मंसिर २४ –

उदयपुर जिल्लाका सामुदायिक तथा सरकारी विद्यालयमा अधिकांश शिक्षक तथा शिक्षिका जिल्लाको सहरी क्षेत्र र सुगम क्षेत्रका विद्यालयमा केन्द्रीकृत हुन थालेपछि दुर्गम क्षेत्रका विद्यालय खाली हुन थालेका छन् ।

जिल्ला शिक्षा कार्यालय, उदयपुरका अनुसार अहिले जिल्लाको सहरी क्षेत्रका विद्यालयमा विद्यार्थीको सङ्ख्याभन्दा शिक्षक तथा शिक्षिकाको सङ्ख्या धेरै रहेको छ । जिल्लाको कटारी नगरपालिका, त्रियुगा नगरपालिका र बेल्टार—बसाहा नगरपालिका क्षेत्रका सरकारी विद्यालयमा प्राथमिक तहमा दुईसय विद्यार्थी रहेको विद्यालयमा १७ जनाभन्दा बढी शिक्षक तथा शिक्षिका केन्द्रीकृत भएको कुुरा जिल्ला शिक्षा कार्यालय, उदयपुरका जिशिअ दिलीपकुमार ठाकुर बताउनुहुन्छ ।

धेरै शिक्षक तथा शिक्षिकाले आफ्नो राजनीतिक तथा साङ्गठनिक पहुँच देखाएर सुगम स्थानमा केन्द्रीकृत हुने गरेका कारण दुर्गम स्थानका विद्यालयमा दुई तथा तीनजना शिक्षक तथा शिक्षिकाले मात्र विद्यालय सञ्चालन गर्ने गरेको समेत सम्बन्धित क्षेत्रका स्थानीयवासी बताउँछन् ।

अहिले जिल्लाको इनामे, डुम्मरे, रानीबास, रौता सल्ले, ठानागाउँ, रुपाटार, ओख्ले, लेखगाउँ, हर्देनी लगायतका दुर्गम क्षेत्रका प्रावि तथा निमावि विद्यालयमा दुई र एकजना शिक्षक वा शिक्षिकाले मात्र विद्यालय सञ्चालन गर्ने गरेको समेत स्थानीय अभिभावक बताउँछन् ।

जिल्लाका दुर्गम भेगका विद्यालयलगायत कतिपय माध्यमिक तहमा समेत दरबन्दी अनुसारको शिक्षक नहुँदा एउटै शिक्षकले चार विषयसम्म पढाउन परेको कालिका मावि इनामेका एक शिक्षकले बताएका छन् ।

जिल्लाको सहरी तथा सुगम क्षेत्रमा केन्द्रीकृत हुने शिक्षक तथा शिक्षिका भने दिनभर विद्यालयमा भेला भएर बस्ने र पालैपालो घुम्न जाने र महिनौँसम्म पनि अन्यत्र गएर अन्तिममा आएर हाजिर हुने समेत गरेको केही शिक्षक नै बताउँछन् । तर पनि यस विषयमा यता जिल्ला शिक्षा कार्यालय उदयपुर भने निरिह बनेको र सम्बन्धित शिक्षकलाई कारबाही गर्न नसकेको कुरा अभिभावक बताउँछन् ।

शिक्षा नियमावलीअनुसार एक शिक्षक बराबर ४० जना विद्यार्थी हुनुपर्ने भए तापनि उदयपुरमा भने दुईसय बिद्यार्थी बराबर सुगमका विद्यालयमा १५ देखि १७ जनासम्म शिक्षक तथा शिक्षिका रहँदै आएका छन् । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका