Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्रधानमन्त्रीबाट महोत्तरीको सुरक्षाबारे जानकारी – Gaule Khabar

प्रधानमन्त्रीबाट महोत्तरीको सुरक्षाबारे जानकारी

प्रधानमन्त्रीबाट महोत्तरीको सुरक्षाबारे जानकारी

बर्दिवास, मंसिर २९ –

प्रधानमन्त्री पुष्पकमल दाहालले महोत्तरी जिल्लाको सुरक्षा, विकास पूर्वाधार र अहिलेको जनचासोबारे जानकारी लिनुभएको छ ।

मङ्गलबार साँझ महोत्तरीको बर्दिवास आइपुग्नुभएका प्रधानमन्त्री दाहालले जिल्लाका सुरक्षा अधिकारी र नेकपा ९माओवादी केन्द्र०का स्थानीय नेता कार्यकर्तासँगको कुराकानीमा जिल्लाका समस्या र अवस्थाबारे जानकारी लिनुभएको हो ।

रात्रिबास बर्दिवास नै बस्नुभएका प्रधानमन्त्री दाहालले मङ्गलबार साँझ जिल्लाका प्रजिअ, अन्य सुरक्षा अधिकारी र नेकपा ९माओवादी केन्द्र०का स्थानीय नेता कार्यकर्तासँग छुट्टाछुट्टै सङ्क्षिप्त कुराकानी गर्नुभएको थियो । प्रधानमन्त्रीले जिल्लाको राजनीतिक र विकास अवस्थाबारे चासो लिनुभएको नेकपा ९माओवादी केन्द्र०का नेता बर्दिवास–१ का बासिन्दा राजु खड्काले जानकारी दिनुभयो ।

आफ्ना मित्र मातृकाप्रसाद यादवका छोराको विवाहमा सरिक हुन र सिरहाको मिर्चैयामा राजनीतिक कामको सिलसिलामा सडक मार्ग हुँदै प्रधानमन्त्री दाहाल मङ्गलबार साँझ बर्दिवास आइपुग्नुभएको हो ।

प्रधानमन्त्री दाहाल बाक्लो हुस्सु लागिरहेकाले सडक मार्गबाट आउनु परेको सुरक्षा अधिकारीले बताएका छन् । प्रधानमन्त्री दाहाल आज बिहानै विवाह समारोहमा सरिक हुन सिरहातर्फ प्रस्थान गर्नुभएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका