Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सहमतिमा मात्र संबिधान संशोधनःमन्त्री गिरी – Gaule Khabar

सहमतिमा मात्र संबिधान संशोधनःमन्त्री गिरी

सहमतिमा मात्र संबिधान संशोधनःमन्त्री गिरी

नेपालगन्ज,मंसिर २३-

सिचाईमन्त्री दीपक गिरीले संविधान संशोधनको प्रस्तावमा सत्तापक्ष र प्रतिपक्षले ईगो नलिएर समस्याको समाधान गर्नुपर्ने बताउनु भएको छ ।प्रेस युनियन बाकेद्वारा नेपालगन्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री गिरीले प्रमुख दलका शिर्ष नेताहरुले आफ्नो पार्टी भन्दा पनि देशको हितलाई ध्यानमा राखेर संवाद र सहमति गरेर अघि बढ्ेर मुलुकलाई निकाश दिनु पर्ने बताउनु भयो ।सत्ता बस्दा एउटा र प्रतिपक्षमा बस्दा अर्काे कुरा गरेर सानो असमझदारी हुनासाथ आन्दोलनमै उत्रने प्रबृत्तिले संबिधानको कार्यान्बयन हुन नसक्ने बताउनु भयो ।

संबिधान संशोधनको प्रस्ताब मधेसी मोर्चाकै सहमतीमा गरिएको भए पनि असन्तुष्टि र विरोध भई रहेको बताउदै थप संवाद र सहमति गरेर संबिधान संशोधनको प्रस्ताब पारित गरिने बताउनु भयो ।एक अर्को प्रसंगमा सिचाईमन्त्री गिरीले राष्ट्रिय गौरवका सिचाई आयोजनाका लागि बजेट, गिटीढुंगा लगायतका निर्माण सामग्री अभाव हुन नदिई समयमै योजना सम्पन्न गर्नका लागि सरकारले बिशेष ब्यबस्था गर्न लागेको बताउनु भयो ।

नेपालको कुल खेती योग्य जमिनको २० प्रतिशत भु भागमा पनि बाह्ैमास सिचाई सुबिधा नपुगेको बताउदै मन्त्री गिरीले सिचाई आयोजनाहरुलाई थप प्रभाबकारी र ब्यबस्थित गर्न नया सिचाई ऐन ल्याउन सरकारले पहल गरि रहेको बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका