Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपालगन्जमा ‘सुजुकी सुपर क्यारी’ को बिक्री शुरु – Gaule Khabar

नेपालगन्जमा ‘सुजुकी सुपर क्यारी’ को बिक्री शुरु

नेपालगन्जमा ‘सुजुकी सुपर क्यारी’ को बिक्री शुरु

नेपालगन्ज,माघ १९-

सुविधा सम्पन्न कार र गाडीको बिक्री बढ्दै जाँदा पछिल्लो समयमा आएर नेपालगन्जमा बिभिन्न कम्पनीका नयाँ नयाँ गाडीहरुको बिक्रि शुभारम्भ भैरहेको छ ।

सोही क्रममा नेपालगन्जको राझामा रहेको रत्नलक्ष्मी इन्टरनेशनलले सुजुकी चार पाग्रे ‘सुजुकी सुपर क्यारी’ को बिक्री शुरु गरेको छ ।

रत्नलक्ष्मी इन्टरनेशनलले आयोजित कार्यक्रममा कोहलपुर उद्योग व्यापार संघका अध्यक्ष नरेन्द्र प्रसाद शर्माले सुजुकी सुपर क्यारीको बिक्री शुभारम्भ गरेका हुन् ।

सो अवसरमा कोहलपुर उद्योग व्यापार संघका अध्यक्ष शर्माले नेपालगन्ज र कोहलपुरमा पनि अतिनै सुविधायुक्त महंगा गाडीहरुको माग बढ्दै गएकोले यहाँ नयाँ नयाँ गाडीहरु आउन थालेको बताए ।

उनले सोही कारणले कोहलपुर र नेपालगन्जमा गाडीका धेरै बिक्रि केन्द्रहरु पनि खुलीरहेको जनाए । कम्पनीका प्रबन्ध निर्देशक प्रकाश अधिकारीले अधिकतम भारवहन क्षमता, शक्ति र माइलेजमा उत्कृष्ट सुपरक्यारी न्यूनतम मर्मत खर्च तथा सस्तो मूल्यमै उपलब्ध हुने स्पेयर पाट्र्सका कारण खरिदकर्ता आकर्षित हुने विश्वास व्यक्त गरे ।

उनले यो गाडीले निकै छिटो बजारमा आफुलाई स्थापित गर्ने समेत जनाए । कम्पनीका सेल्स अफिसर विशाल गहतराजले ढुवानीका लागि सुपर क्यारी उत्कृष्ट रहेको बताए ।

उनले सुपर क्यारीको विशेषता बारे जानकारी दिंदै भने, ‘९ सय ९३ सिसि क्षमताको ट्विन सिलिण्ड इन्जिन जडित सुपर क्यारी प्रतिघण्टा ८० किलोमिटर गुड्न सक्छ ।’ सीजी मोटोकर्प सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका