Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जलवायु परिवर्तन अनुकुलन गोष्ठी हेटौडामा शुरु – Gaule Khabar

जलवायु परिवर्तन अनुकुलन गोष्ठी हेटौडामा शुरु

जलवायु परिवर्तन अनुकुलन गोष्ठी हेटौडामा शुरु

मकवानपुर, मंसिर २३–

सरकारी निकायहरुको वार्षिक योजना तर्जुमा प्रक्रियामा विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकुलन मूलप्रवाहीकरण सम्बन्धी गोष्ठी हेटौँडामा शुरु भएको छ । अमेरिकी सहयोग नियोग यूएसएआईडी, सवल कार्यक्रम मकवानपुरको आयोजना तथा जिल्ला बिकास समिति मकवानपुरले समन्वयमा कार्यक्रम भएको हो ।
२ दिने कार्यक्रममा मकवानपुरमा विपद् जोखिम, न्यूनीकरणका प्रयास, जलवायु परिवर्तन अनुकुलन सम्बन्धी कार्यक्रम, स्थानीय नीतिगत व्यबस्था र स्थानियले खेल्नुपर्ने भुमिका लगायतका विषयमा प्रशिक्षण दिईने सबल कार्यक्रम विपद् जोखिम न्यूनिकरण तथा जलवायू परिवर्तन अनुकुलनका बरिष्ठ व्यबस्थापक मानबहादुर विकले बताउँनुभयो ।
कार्यक्रममा जिल्ला बिकास समिति मकवानपुरका सामाजिक बिकास अधिकृत रामकृष्ण थापा, योजना, अनुगमन तथा प्रशासकीय अधिकृत किसान न्यौपाने, सबल कार्यक्रम विपद् जोखिम न्यूनिकरण तथा जलवायु परिवर्तन अनुकुलनका वरिष्ठ व्यबस्थापक मानबहादुर विक, अधिकृत देवता रिजाल, महिला तथा बालबालिका कार्यालय मकवानपुरका प्रमुख शोभा शाहले सहजिकरण गर्नुहुनेछ ।
कार्यक्रममा मकवानपुर जिल्लाका गाबिस सचिवहरु, सरकारी कार्यालय र गैरसरकारी संघसंस्थाका प्रतिनिधी लगाएतका २८ जनाकोे सहभागिता रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका