Gaule Khabar
बिहिबार, मंसिर १५, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

विश्वकप फुटबलमा ४८ देश !

  • admin
  • बिहिबार, मंसिर २३, २०७३
[sharethis-inline-buttons]
विश्वकप फुटबलमा ४८ देश !

काठमान्डौं,मंसिर २३–

फिफा अध्यक्ष जियानी इन्फन्टिनोले विश्वकपमा ४८ देशलाई सहभागी गराएर १६ समूह बनाउने आफ्नो इच्छा रहेको बताएका छन् ।

इन्फन्टिनो गत फेब्रुअरीमा फिफा अध्यक्ष बनेका हुन् । र, यसले यसअघि विश्वकपमा ३२ टिमबाट ४० बनाउनु पर्ने बताएका थिए ।

अब उनले विश्वकपमा ४८ देशलाई सहभागी गराउने योजना अघि सारेका छन् । जसलाई १६ समूहमा विभाजन गरिनेछ र शीर्ष दुई टिम अन्तिम ३२ को नकआउट चरणका लागि छनौट हुनेछन् ।

जबकी अहिले विश्वकपमा ३२ देशले भाग लिन्छन् र चार चार देशको ८ समूह हुन्छ,  जसका शीर्ष दुई टिम क्वार्टरफाइनल पुग्छन् ।

यसबारे आगामी जनवरीमा निर्णय हुन सक्छ । तर, २०२६ को विश्वकप अगाडि यो परिर्वतन सम्भव देखिएको छैन ।  अध्यक्ष इन्फन्टिनोको प्रस्तावबारे फिफा काउन्सिलमा जनवरी ९ मा छलफल हुनेछ । यो प्रस्ताव उनको चुनावी घोषणा पत्र अनुसार आएको हो र, उनी विश्वकपमा धेरै देशलाई सहभागी गराउन चाहन्छन् ।

यसबारे काउन्सिलका सदस्यहरुले प्रस्ताव पाएका छन् । जसमा हाल कायम ३२ टिमलाई निरन्तरता दिने, ४० टिम बनाउने लगायतका विकल्पहरु समेत रहेको समाचारहरुमा उल्लेख छ ।

सन् १९९८ मा विश्वकप खेल्ने टिमको संख्या २४ बाट ३२ बनाइएको थियो ।

[sharethis-inline-buttons]

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ