Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
किन लुकाइदैछ प्रधानमन्त्रीको सम्पति विवरण – Gaule Khabar

किन लुकाइदैछ प्रधानमन्त्रीको सम्पति विवरण

किन लुकाइदैछ प्रधानमन्त्रीको सम्पति विवरण

काठमान्डौं,मंसिर २३–

व्यक्तिगत सम्पत्ति नराख्ने घोषणा गरे पनि सर्वहारा वर्गका नेता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना नाममा रहेको सम्पत्तिको विवरण अहिलेसम्म सार्वजनिक गर्न आनाकानी गरिरहेका छन् ।

हरेक प्रधानमन्त्रीले पदमा बहाल गरेको १५ दिनभित्रै सम्पत्ति सार्वजनिक गर्ने प्रचलनलाई अस्वीकार गर्दै आफू र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको विवरण गोप्य राखेका हुन् । कानूननतः पदमा बहाल रहेको ६० दिनभित्रैमा सम्पत्ति विवरण जनसमक्ष सार्वजनिक गर्नुपर्नेमा प्रचण्ड प्रधानमन्त्री बनेको ४ महिना पुगेको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीसहित मन्त्री र राज्यमन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाइसकेका छन् ।

तर, त्यसलाई सार्वजनिक गर्न भने आनाकानी भएको छ । एक मन्त्रीका अनुसार सम्पत्ति विवरणलाई लिएर प्रश्नहरु आएपछि मन्त्रिपरिषदमा कुरा पनि उठेको थियो । तर, प्रधानमन्त्रीले कुनै चासो दिएका छैनन् । नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘मिडियाले लेखेको लेखै छ भनेर हामीले कुरा उठाएको हो, तर प्रधानमन्त्रीले चासो राख्नुभएन ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने सार्वजनिक गर्नुपर्ने निकायले नै मन्त्रिपरिषदको निर्णय चाहिन्छ भन्दै अटेर गरेको आरोप लगाए । ‘हामीले सार्वजनिक गरिदिन भनेको हो’ आचार्यले भने, ‘विवरण सार्वजनिक गर्न किन नमानेको हो, प्रधानमन्त्री कार्यालयको प्रवक्तालाई सोध्नुहोला ।’

तर, प्रधानमन्त्री कार्यालयका प्रवक्ता दामोदर रेग्मीले यो आरोपको खण्डन गरे । उनले भने, ‘मन्त्रिपरिषद बैठकले निर्णय गरेपछि मात्र त्यस्तो सम्पत्ति विवरण सार्वजनिक गर्न मिल्छ  ।’ उनका अनुसार पछिल्लोपटक नियुक्त भएका राज्यमन्त्रीहरु बाहेक अधिकांशले सम्पत्ति विवरण बुझाइसकेका छन् ।

किन डराए प्रधानमन्त्री प्रचण्ड ?

भ्रष्टाचार निवारण ऐनअनुसार प्रधानमन्त्री दाहालले पद धारण गरेको ६० दिनभित्रै आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्रीको कार्यालयलाई बुझाइसकेका छन् ।

गणतन्त्र स्थापना पछिका बर्षहरुमा प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण वेबसाइटबाट समेत सार्वजनिक गर्ने प्रचलन शूरु भएको छ । तर, प्रचण्डले यसलाई अहिलेसम्म अस्वीकार गर्दै आएका छन् ।

१० बर्ष सशस्त्र संघर्षको नेतृत्व गर्दै शान्ति प्रक्रियामा आएका प्रचण्ड नेतृत्वको माओवादीले सुरुदेखि नै पार्टीका केन्द्रीय नेताहरुलाई व्यक्तिगत सम्पत्ति राख्न निषेध गरेको थियो । माओवादी धेरै नेताहरुले आफ्नो अंशमा आएको सम्पत्ति समेत पार्टीकरण नगरेका होइनन् ।

तर, पछिल्लो समय माओवादी नेताहरुमा सम्पत्ति मोह बढेको र सुविधाभोगी भएको गुनासो कार्यकर्ताले गर्दै आएका छन् । माओवादी अध्यक्ष प्रचण्डमाथि समेत अथाह सम्पत्ति जोडेको भनेर बेला–बेला आरोप लाग्ने गरेको छ । अहिले उनै प्रचण्ड प्रधानमन्न्त्री भएका बेला सम्पत्ति विवरण सार्वजनिक गर्न नमान्नुले यो आशंकामा बल पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका