Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
‘सुरक्षित घरकर्जा’ को फाईदा बुझाउँदै सनराईज बैंक – Gaule Khabar

‘सुरक्षित घरकर्जा’ को फाईदा बुझाउँदै सनराईज बैंक

‘सुरक्षित घरकर्जा’ को फाईदा बुझाउँदै सनराईज बैंक

चितवन, मंसिर १९–

बैंकहरुले धेरै नयाँ–नयाँ कार्यक्रमहरु ल्याई रहेका हुन्छन् । तर ती योजनाहरु बारे आममानिस बेखबर हुँदा खासै प्रभावकारी हुँदैन् । त्यसैले आममानिस सम्म सनराई बैंक लिमिटेडले देशव्यापी अभियान सुरु गरेको छ ।
बैंकले ल्याएको ‘सनराईज सुरक्षित घरकर्जा’ कार्यक्रमलाई गाउँ–गाउँसम्म जिल्लाव्यापी अभियान सुरु गरेको हो । सोही अभियान अन्तरगत बैंकले आज (आईतबार) चितवनको नारायणगढमा बृहत छलफल कार्यक्रम आयोजना गरेको छ ।

नारायणगढस्थित होटेल रेडकार्पेटमा आयोजित कार्यक्रममा सयौंको सहभागिता रहेको थियो । कार्यक्रममा सुरक्षित घर कर्जा र अन्य इलेक्ट्रोनिक पेमेन्टको बारेमा जानकारी दिनुयभो । सुरक्षित घर कर्जामा बीमा समेत हुने भएकाले यसबाट ऋणीहरुले धेरै फाईदा लिन सकिने सनराईज बैंकका प्रमुख प्रवन्धक अरुण पराजुलीले बताउनुभयो । उहाँले यस योजनाको फाईदा आममानिसले लिनुपर्ने बताउनुभयो । कार्यक्रममा सनराईज बैंकका नारायणगढ शाखा (क) का प्रमुख अच्युत श्रेष्ठले सनराईज सुरक्षित घरकर्जा योजना बारे जानकारी दिनुभयो । यस कर्जाको विशेषतामा ऋणीको सावधिक जीवन बिमा, बीमा अवधि समाप्ति पछि एक मुष्ट बोनस भुक्तानी गरिने, ५ लाखदेखि एक करोड रुपैयाँसम्म कर्जा र १० देखि २० वर्षसम्मको कर्जा अवधिलगायतका रहेका छन् ।

sunrise-2
कार्यक्रममा प्राईम लाईफका क्षेत्रीय प्रवन्धक नविन थापाले घरकर्जासंग जोडिएको बिमाको फाईदाको बारेमा जानकारी गराउनुभयो । यस्तै सनराईज बैंकका मार्केटिङ शाखाका नकुल पौडेलले एटिम कार्डको उपयोगिता र प्रयोगका साथै स्मार्ट बैङकिङलगायतको बारेमा जानकारी गराउनुभयो । यस्तै बैंकका लायन्सचोक नारायणगढ शाखा प्रमुख विष्णु रेग्मीले बैंकले ल्याएका धेरै राम्रा योजनाहरु धेरैलाई जानकारी नभएकाले चितवनबासीलाई जानकारी दिलाउन यो कार्यक्रम गरिएको बताउनुभयो । उहाँले जिल्लाका अन्य क्षेत्रहरुमा पनि यस्तै कार्यक्रम गर्ने बताउनुभयो ।

sunrise-1

कार्यक्रममा बैंकका कानुनी शाखा विभागका केशव सुवेदीलगायतको सहभागिता रहेको थियो । सनराईज बैंकको हाल ५ अबै ३० करोड रुपैयाँ चुक्त पुँजी रहेको छ । यस बैंक २३ औं वाणिज्य बैंकको रुपमा २०६४ असोज २५ मा स्थापना भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका