Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कलेजमा अखिलले फहरायो राष्ट्रिय झण्डा – Gaule Khabar

कलेजमा अखिलले फहरायो राष्ट्रिय झण्डा

कलेजमा अखिलले फहरायो राष्ट्रिय झण्डा

चितवन, माघ २०–
अनेरास्ववियु क्याम्पस कमिटि शहिद स्मृती बहुमुखी कलेजले बिहिबार शहिद स्मृती कलेजमा नेपालको राष्ट्रिय झण्डा फहराएको छ ।
अनेरास्ववियुले राष्ट्रिय एकता,सम्वृद्धीका लागि संविधानको कार्यान्वयन,शैक्षिक ऋण गुणस्तरीय शिक्षाका लागि अनेरास्ववियुमा मतदान भन्ने मुल नाराका साथ अहिले देशव्यापी रुपमा कलेजमा झण्डा राख्दै आएको छ ।
राष्ट्र र राष्ट्रियताको लागि अनेरास्ववियुको राष्ट्रिय अभियान कार्यक्रम अन्तर्गत कलेजमा राष्ट्रिय झण्डा राखिएको कमिटिका अध्यक्ष सरोज तिमल्सीनाले जानकारी दिए । हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन खोजिएको र नेपालको राष्ट्रिय झण्डा परिवर्तन गर्न खोजिएको बिषय आफुहरुलाई मान्य नहुने बताउदै अध्यक्ष तिमल्सीनाले विदेशी हस्तक्षेप बढ्दै गए अनेरास्वविय चुप लागेर नवस्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले चितवनका जिल्ला सल्लाहकार सदस्य धर्म कार्कीले अनेरास्ववियुले राष्ट्रियताको रक्षाको लागि महत्वपुर्ण भुमिका खेलेको बताउदै जगरण अभियान सकारात्मक भएको बताए । कार्यक्रममा विद्यार्थी नेता साकार लामाले राष्ट्रिय अभियानको क्रममा देश भरका कलेजमा अनेरास्ववियुले राष्ट्रिय झण्डा फहराउदै आएको बताउदै नेपालमा विदेशी शक्तीको हस्तक्षेप बढ्दै गएको समयमा विद्यार्थीमा जागरण आवश्यक रहेको बताए ।
कार्यक्रममा कमिटिका पुर्व अध्यक्ष बिजय खनाल, निवर्तमान अध्यक्ष सन्तोष ढुङ्गाना,सचिव राजेन्द्र सापकोटा लगायतले अनेरास्ववियुको अभियान र विद्यार्थीको भुमिकाका विषयमा मन्तव्य व्यक्त गरेका थिए । कलेजमा जम्मा भएका विद्यार्थीले नेपालको राष्ट्रिय गान गाएर कार्यक्रम सम्पन्न गरेका थिए ।
यसैविच नेरास्ववियु क्याम्पस कमिटि बालकुमारी कलेजले बालकुमारी कलेजमा नेपालको राष्ट्रिय झण्डा झण्डोत्तलन कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्र र राष्ट्रियताको लागि अनेरास्ववियुको राष्ट्रिय अभियान अन्तर्गत कलेजमा राष्ट्रिय झण्डा राखिएको कमिटिका अध्यक्ष उज्ज्वल देवकोटाले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले चितवन जिल्ला सल्लाहकार सदस्य धर्म कार्कीले राष्ट्र र राष्ट्रियताको बारेमा जगरण जगाउन विद्यार्थीले चलाएको अभियान सकारात्मक भएको बताउदै देशको स्वभिमान जोगाउनका लागि विद्यार्थीको भुमीक महत्वपुर्ण हुने बताए । कार्यक्रममा विद्यार्थी नेता साकार लामाले नेपालमा विदेशी शक्तीको हस्तक्षेप बढ्दै गएकोले विद्यार्थीहरु एक भएर हस्तक्षेपका विरुद्ध लड्नका लागि तयार रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ