Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पर्यटनको विकासमा सबैको सहकार्य आवश्यक – Gaule Khabar

पर्यटनको विकासमा सबैको सहकार्य आवश्यक

पर्यटनको विकासमा सबैको सहकार्य आवश्यक

पोखरा, मंसिर २३–

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले पर्यटन क्षेत्रको विकासमा सम्बद्ध सबै पक्ष र निकायको आवश्यकता हुने बताउनुभएको छ ।

पोखरा पर्यटन परिषद्को संयोजनमा बुधबार साँझ पोखरामा पर्यटनसम्बद्ध निकायका प्रतिनिधिसँगको भेटघाट एवम् अन्तरक्रियामा उहाँले नेपाल पर्यटनका पर्याप्त सम्भावना भएको देश भएका कारण यो आर्थिक समृद्धिको मुख्य आधार बन्ने बताउनुभयो ।

डिपिआर नहुँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास भएका कारण निर्माण कार्य केही ढिला भएको बताउँदै उहाँले प्राविधिक काम सम्पन्न भएसँगै निर्माण कार्य अघि बढ्ने बताउनुभयो ।

पोखरा नेपालको परिचय दिने पर्यटक नगरी भएको उल्लेख गर्दै उहाँले पछिल्लो समयमा बढिरहेको ट्राफिक अस्तव्यस्तता लगायतका समस्यालाई बेलैमा समाधान गर्नुपर्ने बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्र बानियाँले नेपालको पर्यटकीय सम्भावनालाई उजागर गर्न पर्यटनलाई यहाँको प्रकृति तथा संस्कृतिसँग जोड्नुपर्ने बताउनुभयो । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अपाङ्ग पर्यटक मैत्री बनाउन पहल गरिने बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पोखराको पर्यटन, प्रवद्र्धन एवम् विकासलाई बोर्डले प्राथमिकता दिएको बताउनुभयो ।

पर्यटनमन्त्री एवम् राज्यमन्त्रीलाई सुझावपत्र प्रस्तुत गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा भइरहेको ढिलासुस्तीबारे ध्यानाकर्षण गराउनुभयो ।

उहाँले पोखराबाट नेपालको पश्चिम भूभागमा सिधा उडानको व्यवस्था गर्न आग्रह गर्दै पोखराको पर्यटकीय आकर्षणलाई विश्व बजारमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो । फेवातालसहित पोखराका सम्पदा क्षेत्रको संरक्षण एवम् विकास अपरिहार्य भएको औँल्याउँदै उहाँले यहाँका वसुन्धरा पार्क, हिमागृहजस्ता ऐतिहासिकस्थल पोखराका सार्वजनिक सम्पत्ति भएका कारण यिनीहरूलाई संरक्षण गर्नुपर्ने बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठीले बर्सेनि पुरिँदै गएको फेवातालको संरक्षण गर्नु अपरिहार्य भएको बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष गणेशबहादुर भट्टराईले नेपालको पर्यटकीय विकासका लागि यहाँबाट विगतमा उडान सञ्चालन भएका काठमाडौँ–ल्हासा लगायतका स्थलमा उडान पुनः सञ्चालन गरिनुपर्ने बताउनुभयो ।

टान पश्चिमाञ्चल क्षेत्रीय समितिका सचिव सुशील पौडेलले नेपालमा आउने विदेशी पर्यटकमध्ये ७३ प्रतिशत पदयात्राका लागि आउने गरेको बताउँदै पदयात्रा पर्यटनको विकास सरकारको प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो ।

रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङले पर्यटन व्यवसायलाई उद्योगको मान्यता दिनुपर्ने बताउनुभयो ।

हवाई खेलकुद संस्थाका महासचिव वसन्त दवाडीले प्याराग्लाइडिङ स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षण बन्दै गएको बताउँदै यसको विकास तथा विद्यमान समस्याको समाधान सरकारको प्राथमिकतामा पर्नुपर्ने धारणा राख्नुभयो । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका