Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सिरियाको विभिन्न इलाकामा भएको आक्रमण दर्जनौं मारिए – Gaule Khabar

सिरियाको विभिन्न इलाकामा भएको आक्रमण दर्जनौं मारिए

सिरियाको विभिन्न इलाकामा भएको आक्रमण दर्जनौं मारिए

अलेप्पो ९सिरिया०, मंसिर २० – सिरियामा विद्रोहीको बलियो प्रभाव रहेको प्रान्तमा आइतबार भएको संदिग्ध रसियाली हवाई आक्रमणमा कम्तीमा ४६ सर्वसाधारणको मृत्यु भएको छ ।

संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले सोमबार अलेप्पो प्रान्तमा स्थायी युद्धविरामको मतदानको तयारी गरिरहेको अवस्था सो हवाई आक्रमण भएको छ । सिरियाको ठूलो सहर अलेप्पोमा पुनःनियन्त्रणका लागि रिसियाली सरकारले भीषण आक्रमण गरिरेहको छ ।

यसै क्रममा अलेप्पोको पूर्वी जिल्ला ६० प्रतिशत भन्दा बढी सरकारी सेनाले पुनः नियन्त्रणमा लिएको छ । सन् २०१२ मा विद्रोहीले सो जिल्ला नियन्त्रणमा लिएको थियो ।

त्यसैगरी उत्तरपश्चिमी सिरियाको इदलिब प्रान्तको कफ्र नबेल सहरमा संदिग्ध रसियाली हवाई आत्रक्रममा कम्तीमा २६ व्यक्तिको मृत्यु भएको बेलायतसँग आवद्ध सिरियन अबजरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ ।

चालकरहित विमानले सो सरहको बजार इलाकासहित कैयाँै स्थानमा प्रहार गरेको प्रयत्क्षदर्शीले एएफपी समाचार समितिलाई जानकारी दिएको छ ।

त्यसैगरी संदिग्ध रसियाली हवाई आक्रमणमा मारेत अल नुमान सहर १८ व्यक्तिको मृत्यु एएफपी फोटो पत्रकारले जानकारी दिएका छन् ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसार अल असादको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका