Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनमा नापी र मालपोतको सेवा गाउँमै – Gaule Khabar

चितवनमा नापी र मालपोतको सेवा गाउँमै

चितवनमा नापी र मालपोतको सेवा गाउँमै

चितवन, मंसिर २३–

देशका अन्य जिल्लाहरुको तुलनामा चितवन जग्गा कारोवारमा अगाडि छ ।
जग्गासम्बन्धी सामान्यभन्दा सामान्य कामका लागि पनि टाढाटाढादेखि सेवाग्राही भरतपुर आउनुपर्ने बाध्यता आगामी पुस महिनाबाट अन्त्य हुने भएको छ । पुस महिनाबाटै खैरहनी आसपास, माडी क्षेत्र र पश्चिम चितवनका स्थानीयले गाउँमै जग्गा कारोवारको सेवा लिन पाउने भएका छन् । आजको चितवन पोष्ट दैनिकमा खबर छ ।
नेपाल सरकार भूमिसुधार तथा व्यवस्था मन्त्रालय नापी विभागले भरतपुरबाहेक पनि माडी, चनौली र खैरहनीमा कार्यालय स्थापना गर्ने भएपछि नापी कार्यालय भरतपुरसम्म धाउनुपर्ने सेवाग्राहीको बाध्यता हट्ने भएको छ । माडी, पूर्वीचितवनलाई केन्द्रित गरी खैरहनी र पश्चिमचितवनलाई केन्द्रित गरी चनौलीमा थप सेवा विस्तार हुँदा जनता प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।
नापीसँगै मालपोत कार्यालय पनि माडी, चनौली र खैरहनीमा स्थापना गरिने भएको छ । उक्त क्षेत्रहरुमा कार्यालय स्थापनाका लागि घर भाडामा लिने प्रक्रिया अघि बढाइएको छ । ‘भरतपुर कार्यालयकै सरह सेवा दिने उद्देश्यले विभिन्न तीन ठाउँमा नापी कार्यालयको सेवा थप गर्न लागिएको हो,’ नापी कार्यालय भरतपुरका प्रमुख नापी अधिकृत मनीप्रसाद रेग्मीले भने,‘जग्गा कित्ताकाटलगायतका समस्याहरु अब सम्बन्धित कार्यालयबाटै समाधान हुन्छ ।’ भरतपुर कार्यालयको शाखा नभइ आफ्नै अस्तित्वमा अन्य कार्यालयले काम गर्ने नापी प्रमुख रेग्मीले बताए ।
भूमीसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले यसअघि नै नापी र मालपोत कार्यालयको सेवा विस्तार गर्ने योजना रहेको बताएका थिए । सोही योजना अनुसार कार्यालय स्थापनाको काम भएको कर्मचारीहरु बताउँछन् ।
‘जग्गा सम्बन्धी सामान्य कामका लागि पनि भरतपुरसम्म धाउनुपर्ने थियो, चितवन पिप्लेका राम सिलवालले भने,‘अब भने सबै काम पाएक पर्ने स्थानमै हुने भएपछि समय, पैसाको पनि बचत हुने भयो ।’
नापी कार्यालय र मालपोत कार्यालयले आवश्यक पूर्वाधार सार्वजनिक गरी माडी, चनौली र खैरहनीका लागि बुधबार घर भाडामा लिने सम्बन्धी १५ दिने सूचना प्रकाशित गरेको हो ।
चितवन जिल्लामा केही महिनासम्म चर्को रहेको जग्गाको कारोवार पछिल्लो समयमा घटेको छ । जग्गाको कारोवार घटे पनि सेवाग्राहीलाई मध्यनजर गरी सेवा विस्तार गरिएको सम्बन्धित कार्यालयका प्रमुखहरु बताउँछन् । मालपोत कार्यालय भरतपुरका अनुसार कात्तिक महिनामा तीन हजार ८७३ थान लिखत पास भएको छ ।
गत वर्षको तुलनामा डेढ गुणादेखि दुई गुणासम्म मूल्य बढेको जग्गा व्यवसायी चुकेले बताए । केरा खेती, माछापोखरी, कुखुरापालनलाई जग्गा भाडामा लगाएका जग्गाधनीले समेत अहिले धमाधम प्लटिङ व्यवसायीलाई जग्गा बेच्न थालेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका