Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
५९ औं अन्तराष्ट्रिय लियो दिवसमा दीप प्रज्वलन – Gaule Khabar

५९ औं अन्तराष्ट्रिय लियो दिवसमा दीप प्रज्वलन

५९ औं अन्तराष्ट्रिय लियो दिवसमा दीप प्रज्वलन

चितवन, मंसिर २०–

आज ५९ औं अन्तराष्ट्रिय लियो दिवस । चितवनमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । दिवसको अवसरमा आज चितवनका लियो क्लवहरुले साँझ दीप प्रज्वलन गरेका छन् ।

रिजन ६ अन्तरगत लियो क्लव अफ नारायणगढ, लियो क्लव अफ भरतपुर, लियो क्लव अफ नारायणगढ चित्रवन, लियो क्लव अफ नारायणगढ दियालो, लियो क्लव अफ गीतानगर, लियो क्लव अफ बालकुमारी कलेज, लियो क्लव अफ भरतपुर युथ र चितवन ग्रीन लियो क्लवले संयुक्त रुपमा नारायणगढस्थित लायन्स चोकमा दीप प्रज्वलन गरेको हो ।

dip-1

रिजन ६ का संयोजक मनोज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा डिष्ट्रिक्ट डाईरेक्टर प्रवेश गौतम, सिनियर लियो रविन अधिकारीलगायत लियो सदस्यहरुको सहभागिता रहेको थियो ।
लियो दिवसकै अवसरमा आज विहान रिजन ६ अन्तरगतका क्लवहरुले भरतपुरस्थित ‘आमाको माया छात्रावास’ मा रहेका बालिकाहरुलाई एक दिनको भोजन गराएको छ ।

आज (सोमबार) विहान एक कार्यक्रमकाबीच भोजन खर्च बापतको रकम लियो जिल्ला परिषद् ३२५ बी टु का डाईरेक्टर प्रवेश गौतमले छात्रावास संचालक समितिकी सचिव बबिता सापकोटा र छात्रावास प्रमुख सवित्री ढकाललाई हस्तान्तरण गर्नुभयो ।

रिजन ६ का संयोजक मनोज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा छात्रावास संचालक समितिकी सचिव सापकोटा र छात्रावास प्रमुख ढकाललगायतले बोलेका थिए । कार्यक्रममा निर्मल पाण्डेले ध्वजाको अभिवादन र योगनाथ रेग्मीले लियो प्लेज बाचन गरेका थिए । यस छात्रावासमा २० भन्दा बढि अनाथ बालबालिकाहरु आश्रित छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका