Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
दुई सय पाँच राउन्ड गोलीसहित आठजना पक्राउ – Gaule Khabar

दुई सय पाँच राउन्ड गोलीसहित आठजना पक्राउ

दुई सय पाँच राउन्ड गोलीसहित आठजना पक्राउ

जाजरकोट,मंसिर २२ –

आज यहाँ प्रहरीले २०५ राउन्ड गोली फेला पारेको छ । जाजरकाट आउँदै गरेको गाडीमा सवार खगेनकोट–३ का मिलन शाहीको झोलाबाट २०५ राउन्ड गोली आज छेडाबाट प्रहरीले बरामद गरेको हो ।

प्रहरी निरीक्षक सुवास भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले गाडीमा सवार दुई महिलासहित आठ जनालाई जिल्ला सदरमुकाम ल्याएको छ । छेडा सदरमुकामबाट ४० किलोमिटर पश्चिममा पर्दछ ।

मिलनसहित उक्त गाडीमा चढेका आठ जनालाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले बताउनुभयो ।

झाप्रास्थित एक विद्यालयको कामको सिलसिलामा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक धनञ्जय आचार्य तथा स्रोत व्यक्ति टेकबहादुर थापा र भक्तबहादुर मल्ललाई दशेराको थलह बजारबाट गाडीमा चढेर सदरमुकामतर्फ आउँदै गर्दा मिलन पनि सोही गाडीमा लिफ्ट मागेर चढेको प्रहरीले बताएको छ ।

मिलनको साथमा रहेको एम १६ अथवा इन्सास राइफलको गोली हुनसक्ने प्रहरीले जनाएको छ । मिलन नेत्रविक्रम चन्द निकट माओवादी कार्यकर्ता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका