सिसाहनिया पुलको शिलान्यास

सिसाहनिया पुलको शिलान्यास

दाङ, मंसिर २२-

प्रधानमन्त्री पुष्पकमल दाहालले दाङको सिसाहनिया महादेव पुलको आज शिलान्यास गर्नुभयो । रु ९२ करोडको लागतमा बन्न लागेको उक्त पुलको निर्माण कार्य चार वर्षमा सकिने लक्ष्य रहेको छ ।

पुलको लम्बाइ ८६० मिटर रहने छ । पुल निर्माण भएपछि दाङ्का गडहवा, सिसाहनिया, राजपुरलगायतका जनतालाई आवतजावत गर्न सजिलो हुनेछ ।

सो कार्यक्रममा सिँचाइमन्त्री दीपक गिरी, प्रधानमन्त्री कार्यालयका सचिव टङ्कमणि शर्मा, सडक विभागका उपनिर्देशक सरोजकुमार श्रेष्ठ तथा दाङ जिल्लाका सांसद् र अन्य राजनीतिक दलका कार्यकर्ताको उपस्थिति रहेको थियो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ