Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
युएईमा माघीको तयारी, मनोज र वर्षाले धमाका मच्चाउने – Gaule Khabar

युएईमा माघीको तयारी, मनोज र वर्षाले धमाका मच्चाउने

युएईमा माघीको तयारी, मनोज र वर्षाले धमाका मच्चाउने

युएई–

माघी पर्वको अवसरमा प्रत्येक वर्ष युएईमा आयोजना गरिदै आएको विविध कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिने तयारी भइरहेको छ ।
आयोजक प्रवासी थारु समाज युएइले विविध साँस्कृतिक कार्यक्रम सहित माघीपर्व मनाउने तयारी गरेको हो । यो वर्ष १३ जनवरीका दिन स्थानीय समय अनुसार अपरान्ह १ बजेदेखि कार्यक्रम सुरु हुनेछ । काल्र्टन टावर होटलमा यो वर्ष कार्यक्रम आयोजना गर्ने तयारी गरिएको आयोजक संस्थाका अध्यक्ष किशोर चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम सफल बनाउन प्रायोजक देखि अन्य आर्थिक व्यवस्थापन अतिथि आमन्त्रण गर्ने काम भइरहेको छ ।

uae
‘थारु कला संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण र प्रवद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको कार्यक्रममा सांगेतीक प्रस्तुती विशेष रहने छ । प्रफेक्ट गुड्स जनरल ट्रेडिड्ड एलएलसीले प्रायोजन गर्ने कार्यक्रममा यो पटक नेपालबाट गायक मनोज महतोलाई निमन्त्रणा गरिएको छ । यसैगरी मिस इन्टरनेशनल पिपुल्स च्वाईस बिजेता वर्षा लेखीलाई समेत यो पटक आयोजकले निमन्त्रणा गरेका छन् । दुवैले युएईमा आ–आफ्नो प्रस्तुती देखाउने प्रवासी थारु समाज युएईका महासचिव मान महतोले जानकारी दिनुभयो । यसअघि गतवर्षको माघी विशेष कार्यक्रमममा नेपालबाट गायक संजय चौधरी र राजनीतिक अगुवा राजकुमार लेखी थारुलाई निमन्त्रणा गरेका थिए । यसअघि युएईमा कार्यक्रम गर्न स्थानीय सरकारले कडाई गरेपछि माघीपर्वको अवसरमा हुँदै आएको कार्यक्रम स्थगीत हुने सम्भावना बढेपनि आयोजक संस्थाले स्थानीय सरकार र नेपाली दुतावास सँगको समन्वयमा कार्यक्रम आयोजना गर्न लागेको संघ सचिव रुपेश चौधरीले जानकारी दिनुभयो ।

माघे संक्रान्तिलाई थारु समुदायले नयाँवर्षको रुपमा मनाउने गर्दछन् । अनदिनको चामलको परिकार चिचर सँगै माछा मासु लगायत मिठा मिठा परिकार खाएर रमाइलो गर्दै यो पर्व मनाउने प्रचलन अनुसार युएईमा रहेका थारु समुदायले यो पर्व भव्यताका साथ मनाउने गरेका छन् । युएईका विभिन्न शहरहरुमा गरी झण्डै २ हजारको हाराहारीमा थारुहरु कार्यरत्त छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका