Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
म्याग्दीको सुन्तलाको माग अत्यधिक – Gaule Khabar

म्याग्दीको सुन्तलाको माग अत्यधिक

म्याग्दीको सुन्तलाको माग अत्यधिक

बेनी ९म्याग्दी०, मंसिर २२ –

म्याग्दीको सुन्तलाको पोखरा र काठमाडाँैमा माग अत्यधिक बढेको छ ।

जिल्ला बाहिरबाट माग आउन थालेपछि यहाँका किसानलाई बिक्र ी गर्न भ्याइनभ्याई छ । अन्यत्र जिल्लाबाट माग आएपछि उनीहरु उत्साहित भएका छन् ।

बेनी नगरपालिका– १३ बास्कुना, भकिम्ली, मरेक, राखु, बरङ्जालगायतका ठाउँको सुन्तला बढी स्वादिलो भएका कारण बजारमा बढी माग रहेको बास्कुनाका सुन्तला कृषक वीरबहादुर थापाले बताउनुभयो । बास्कुनाबाट सोमबारसम्म १० मेट्रिक टन सुन्तला पोखरा र काठमाडौँ पठाइएको छ । गत वर्ष बास्कुनाबाट रु १६ लाखको सुन्तला बिक्री भएको थियो ।

किसानले बोटबाटै प्रतिकिलो रु ७० देखि रु ७५ सम्ममा बिक्री गरेका छन् । बास्कुना, भकिम्लीको मरेक, राखु, बरङ्जा, ताकम, बिम, मुदी, घार, हिस्तान, दोवा, नारच्याङ गाविस सुन्तला उत्पादनका पकेटक्षेत्र रहेका जिल्ला कृषि विकास कार्यालयका बागबानी अधिकृत भोजबहादुर थापा बताउनुहुन्छ । यहाँका किसानले सुन्तलाबाट वार्षिक रु ४० हजारदेखि रु ६ लाखसम्म आम्दानी गर्ने गरेका छन् । गत वर्ष जिल्लामा रु सात करोड ३० लाख १० हजार बराबरको दुई हजार ८६ मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका