तीन दिनपछि दुधकोसी हाड्रोपावरको सुरुङ भित्र वेपत्ता कामदारको शव भेटियो

तीन दिनपछि दुधकोसी हाड्रोपावरको सुरुङ भित्र वेपत्ता कामदारको शव भेटियो

सोलुखुम्बु । सोलुखोलामा निर्माधिन दूधकोसी जलविद्युत् आयोजनाको सुरुङमा वेपत्ता कामदारको शव तीन दिनपछि भेटिएको छ । निर्माणधीन ८६ मेगावाटको उक्त हाइड्रोपावरको सुरुङमा गत बिहीवार देखि वेपत्ता बाराको कोलभी नगरपालिका १ का २४ वर्षीय राकेश चौधरीको शव शनिबार दिउँसो भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

नेपाल प्रहरी, नेपाली सेना र हाड्रोपावरका कर्मचारीहरुको तीन दिन देखिको सकृयतापछि शनिबार दिउँसो करिब १६० मिटर तल शव भेटिएको हो । शवको उद्धार पश्चात कानुनी प्रकृया पुरा गरि पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु पठाएको छ ।

विहिबार विहान अन्दाजी ५ बजे सुरुङ मार्गमा जाने क्रममा बकेट चुँडिदा हाड्रोपावरका कामदार चौधरी बेपत्ता भएका थिए भने अर्का कामदार पर्साको पटेरवा गाउँपालिका ४ का २० वर्षीय अंगत राय थारु घाईते भएका थिए । घाईतेको काठमाण्डौमा रहेको ग्रान्डी अस्पतालमा उपचार भइरहेको आयोजनाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका