Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नवलपरासीको केरुङ्गेखोलामा झोलुङ्गे पुल बन्ने – Gaule Khabar

नवलपरासीको केरुङ्गेखोलामा झोलुङ्गे पुल बन्ने

नवलपरासीको केरुङ्गेखोलामा झोलुङ्गे पुल बन्ने

ज्ञानु पंगेनी

नवलपरासी , मंसिर २२-

नवलपरासीको धौवादि शंखदेव र कोईलापानी जोड्ने केरुङ्गेखोलामा झोलुङ्गे पुल बन्ने भएको छ । गांउमा पुल बन्ने भएपछि धौवादिका स्थानीय खुसी भएका छन । आउदो पौष पहिलो हप्ताबाट पुल निर्माणको काम शुरु हुने र पुलको लम्बाई २२०.५ मिटर रहेने पुल निर्माणको जिम्मा लिएका ठेकेदार जालानाथ अधिकारीले जानकारी दिए ।

पुल निर्माणकालागि आवश्यक सबै समाग्री आईपुगेको छ । डिजाईनमा केही समस्या आएकाले छलफल चलिरहेको र पौष पहिलो हप्ताबाट काम शुरु हुने अधिकारीले बताए । यसै आर्थिक वर्षभित्र काम सक्ने गरि पुलको कामको जिम्मा गोर्खाको अधिकारी निर्माण सेवा कम्पनीलाइ दिईएको छ । स्थानीय विकास मन्त्रालय अन्र्तरगत कृषि सडक आयोजनाले पुलका लागि बजेट छुट्टाएको हो ।पुल सम्पन्न गर्न करीब ७५ लाख रुपैया लाग्ने अनुमान गरिएको छ ।

खोलामा पुल नहुदा यहांका स्थानीयले निक्कै सास्ति खेप्दै आएका छन । यहांका स्थानीयको मुख्य बजार कवासोती हो । किनमेल , उत्पादित कृषि सामाग्री बजारीकरण र प्रशाशनिक काम तथा उच्च शिक्षाका लागि कावासोती आउनु पर्ने बाध्यता धौवादि बासिको छ । केरुङ्गेखोलामा पुल बन्यो भने आधा घण्टाको समयमा कावासोती पुगिन्छ तर,वर्षायाममा यहाका स्थानीयले कावासोती आउनकै लागी देउराली गाविस पुगेर डण्डा हुदै कावासोती आउनुपर्दा डेढ घण्टा खर्चनु परेको छ ।

वर्षामा खोला तर्दा गतवर्ष एकजनाले ज्यानै समेत गुमाएका थिए । वर्षामा सुत्केरी महिला,सर्पदंशका विरामी,कृषक र विद्यार्थलाई धेरै समस्या हुने गरेको स्थानीय रुक्मागत भुर्तेल बताउछन । पुल नभएकै कारण यस्ता विरामीलाई अस्पतालसम्म ल्याउन गाडीले मान्दैनन जसले गर्दा कतिपयले अकालमै ज्यान समेत गुमाउनु परेको भुर्तेलले बताए ।

यस्तै उच्च शिक्षाका लागि कावासोतीसम्म आउन पनि वर्षमा त धेरै नै गाह्रो हुने गरेको र हिउदमा पनि खोला तरेर आउन असहज हुने गरेको धौवादि ७ कि पवित्रा भुषालले बताईन । ‘वर्षाको समयमा त हामिले कतिदिनसम्म कलास हाप्नु पर्छ । हिउदमा पनि झन्डै कम्मर कम्मर पानी हुन्छ ,कपडा सबै भिज्छ त्यसैले हामिले २ जोर कपडा लिएर हिन्छौ । खोला तरेर वारी आएपछि अर्को कपडा फेरेर कलेज आउछौ । पुल बन्ने भन्ने सुनेपछि त निक्कै खुसी लागेको छ । ’ भुषालले भनिन् ।पुल बनेपछि विषेशगरि धौवादि गाविसको शंखदेव कुटे ,पोखरीका बासिन्दा बढि लाभान्वित हुनेछन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका