Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एमाले सहितका पाँच दलले चितवनमा संयुक्त आन्दोलन गर्ने – Gaule Khabar

एमाले सहितका पाँच दलले चितवनमा संयुक्त आन्दोलन गर्ने

एमाले सहितका पाँच दलले चितवनमा संयुक्त आन्दोलन गर्ने

चितवन,मंसिर २२-

संविधान संशोधनको विरुद्ध उभिएका नेकपा एमाले सहितका पाँच दलले चितवनमा संयुक्त आन्दोलन सञ्चालन गर्ने निर्णय गरेका छन् ।नेकपा (एमाले) चितवनका अध्यक्षतामा कृष्णभक्त पोखरेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले आन्दोलनलाई संयुक्तरुपमा चर्काउने निर्णय गरेको हो ।

बैठकमा नेकपा मालेका परशुराम लामिछाने, राष्ट्रिय जनमोर्चाका डम्बर पुरी, नेपाल मजदुर किसान पार्टीका हरिप्रसाद दुवाल, नेकपा मसालका मोहनमणि ढकालको सहभागिता रहेको थियो ।

बैठकपछि प्रेषित विज्ञप्तिमा नेपालको भौगोलिक अखण्डता, स्वाधीनता र सार्वभौमिकतालाई नै कमजोर बनाउने उद्देश्यका साथ विदेशीको इशारामा वर्तमान प्रचण्डको नेतृत्वको सरकारको तर्पmबाट आएको संविधान संशोधनको प्रस्तावका विरुद्धमा सिङ्गो राष्ट्रवादी शक्ति एकताबद्ध हुन जरुरी रहेको बताइएको छ ।

हिमाल, पहाड, तराई बीच रहेको सदियौंदेखिको सद्भाव, एकतालाई तोडेर एक मधेस एक प्रदेश, बनाउने र अन्तत्वोगत्वा नेपालमा बहुराष्ट्रवादको भावना जागृत गराउने, अङ्गिकृत नागरिकताको व्यवस्थालाई सहज बनाइ राष्ट्रका महत्वपूर्ण पदहरुमा विदेशीलाई पु¥याउने, राष्ट्रिय सभामा जनसंख्याको आधारमा प्रतिनिधित्व गराउने भन्दै हिमाल, पहाडका प्रतिनिधि घटाउने र हिन्दी भाषालाई राष्ट्रिय भाषाका रुपमा मान्यता दिई विदेशी प्रभुलाई रिझाउन संशोधनका प्रस्तावहरु संसदमा दर्ता गरिएको विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका