सोलुखुम्बु जिल्लामा पहिलो पटक इन्डोस्कोपी सेवा शुरु

सोलुखुम्बु जिल्लामा पहिलो पटक इन्डोस्कोपी सेवा शुरु
सामाजिक सञ्जाल

काठमाण्डौ । सोलुखुम्बुको जिल्ला अस्पतालमा इन्डोस्कोपी सेवा शुरु गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख तथा सोलु जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद निरौलाले एक कार्यक्रमका बिच बिहीबार इन्डोस्कोपी सेवाको उद्घाटन गरेका हुन् ।

इन्डोस्कोपी सेवालाई निरन्तरता दिन र अस्पतालको सेवालाई प्रभावकारी बनाउने आर्थिक पक्ष सबल हुनुपर्ने हुदा आफू लागि पर्ने तथा अस्पतालमा डाक्टर नियमित रुपमा राख्नका लागि पनि पहल गर्ने जिसस प्रमुख निरौलाले बताए ।

डा। मिङमार ग्याल्जेन शेर्पाले इन्डोस्कोपी सेवाका लागि जिल्लाका नागरिक बाहिरी जिल्लामा उपचारका लागि जानुपर्ने बाध्यता अन्त्यका लागि यसले सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी अनिल खनालले जिल्लामा सञ्चालनमा आएको सेवालाई प्रभावकारी बनाउदै निरन्तरतामा ध्यान दिन आग्रह गरे ।

अस्पतालकी निमित्त कार्यलय प्रमुख सानी शेर्पाले जिल्लामै पहिलो पटक इन्डोस्कोपी सेवा सुरु भएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका