Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सेयर कारोबार घट्यो – Gaule Khabar

सेयर कारोबार घट्यो

सेयर कारोबार घट्यो

काठमाडौँ, मंसिर २१ –

धितोपत्र बजारमा नेप्से परिसूचक आज उकालो लागेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार आज बजार ९।९१ प्रतिशतले उकालो लागेको छ । कुल १३६ कम्पनीको नौ लाख ४० हजार ४२१ कित्ता सेयर रु ७७ करोड १८ लाख १९ हजार ३०१ मूल्य बराबरको सेयर कारोबार भएको छ । नेप्से परिसूचक उकालो लागे पनि कारोबार रकम भने आज घटेको छ ।

बजार खुल्नेबित्तिकै एक हजार ५४४ बिन्दुमा रहेको नेप्से उतारचढाव भई एक हजार ५५४ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ०।७१ प्रतिशतले बढेको छ । जलविद्युत् समूहको सेयर ओरालो लाग्दा अन्य समूहको सेयर भने उकालो लागेको छ । बैंकिङ ०।४१, होटल २।७३, विकास बैंक ०।१४, फाइनान्स ०।७३, बिमा २।४५, उत्पादन ०।११ र अन्य समूह ०।०८ प्रतिशतले बढेको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका