विमान दुर्घटनामा १९ जना खेलाडी गुमाएको ब्राजिलको चापेकोन्सेलाई कोपा सुडामेरिकानाको उपाधि

विमान दुर्घटनामा १९ जना खेलाडी गुमाएको ब्राजिलको चापेकोन्सेलाई कोपा सुडामेरिकानाको उपाधि

काठमाडौँ, मंसिर २१-

 

ब्राजिलको फुटबल क्लब चापेकोन्सेलाई कोपा सुडामेरिकाना फूटबल प्रतियोगिताको उपाधि प्रदान गरिएको छ।  दक्षिण अमेरिकी फूटबल संघले विपक्षी क्लब कोलम्बियाको एटलेटिको नेशनलको सहमतिमा चापेकोन्सेलाई उपाधि प्रदान गर्ने निर्णय गरेको हो। ब्राजिली क्लबलाई २० लाख डलर पुरस्कार प्रदान गरिनेछ। विपक्षी क्लब एटलेटिकोलाई फेयर प्ले अवार्ड सहित १० लाख डलर प्रदान गरिनेछ। फाइनल प्रतियोगिता खेल्नका लागि कोलम्बिया जाने क्रममा चापेकोन्सेका खेलाडी सहितको विमान दुर्घटना हुँदा १९ जना खेलाडी सहित ७१ जनाको मृत्यु भएको थियो।

क्लबले आउँदो आइतबार चालु सिजनको अन्तिम लिग खेल खेल्ने तालिका थियो। सुडामेरिकानाको उपाधी पाएसँगै चापेकोन्से आउँदो वर्षको कोपा लिबर्टाडोरेसमा सहभागी हुने पक्का भएको छ। ब्राजिलले दुर्घटनाका पीडितलाई सहयोग जुटाउन आउँदो जनवरीको अन्त्यमा कोलम्बियासँग मैत्रीपूर्ण फूटबल खेल्ने भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ