Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
महायज्ञमा १ करोड २८ लाख संकलन – Gaule Khabar

महायज्ञमा १ करोड २८ लाख संकलन

महायज्ञमा १ करोड २८ लाख संकलन

चितवन ,माघ १९
रत्ननगर १३ जयमंगला स्थित श्रीराम मन्दिर तथा श्री राम वैदिक संस्कृत गुरुकुलममा संचालन गरिएको धनधान्यचल ज्ञान महायज्ञमा १ सय २८ लाख संकलन भएको छ । धार्मिक पर्यटकिय क्षेत्र तथा संस्कृत विद्या पिठ निर्माण गर्ने उदेश्यले गत मंसिर २१ गतेदेखी २९ गते सम्म महायज्ञ संचालन गरिएको थियो ।

बुधवार भएको संस्कृत गुरुकुलमको १० औं वार्षित्सव तथा आयव्यव सार्वजनिक कार्यक्रममा महायज्ञका कोषाध्यक्ष कृष्ण मोहन कायस्थले आयव्यय सार्वजनिक गरे । कायस्थका अनुसार महायज्ञबाट १ करोड २८ लाख संकलन भएकोमा ११ लाख ३९ हजार रुपैया खर्च भएको छ । जस मध्ये ७५ करोड रुपैया संकलन हुन वाँकी छ । गुरुकुलमको भवन निर्माण सुरु भएपछि वाँकी रकम संकलन हुने मुल आयोजक समितिका सयोजक एवम् वैद्धिक संस्कृत गुरुकुलम प्रज्ञा प्रतिष्ठानका अध्यक्ष भेषराज दवाडीले जानकारी दिए । हाल गुरुकुलम रहेको भवन मर्मतको काम भई रहेको छ भने हवनकुण्ड,छात्रवास निर्माण भने केही समयपछि सुरु गरिने संयोजक दवाडीले वताए । हाल सो गुरुकुलम मुठीदानबाट संचालन भई रहेको छ ।

दिगो आर्थिक श्रोत नहुँदा गुरुकुलम संचालनमा कठिनाई भएको दवाडीको भनाई छ । रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशीराम गैरेको प्रमुख आतिथ्यतामा भएको आयव्यय सार्वजनिक तथा वार्षिकोत्सव समारोहमा नेपाली काग्रेशका नगर सभापति रुपन राज घिमिरे,नेकपा एमाले नगर अध्यक्ष वद्री तिमल्सीना,गुरुकुलमका संरक्षक कृष्णप्रसाद दवाडी,जयमंगला वहुमुखी क्याम्पसका अध्यक्ष विश्वनाथ खनाल,विद्यालय निरीक्षक रामकृष्ण सिंम्खडा लगायतले मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका