महोत्तरीका बालबालिका मजदुरी गर्न भारततर्फ

महोत्तरीका बालबालिका मजदुरी गर्न भारततर्फ

महोत्तरी, मंसिर २१ –
महोत्तरी बेलगाछीका बालबालिका कम उमेरमै जोखिमपूर्ण कामकाज गर्नका लागि भारतीय सहर गइरहेको पाइएको छ ।

घरमा आर्थिक अवस्था न्यून रहेका बेलगाछी गाविसका अधिकांश बालबालिका भारतीय सहर लुधियाना, दिल्ली, मुम्बई, पञ्जावलगायतका सहरमा विभिन्न किसिमको कामकाज गर्दै आएको पाइएको छ ।

यस वर्षको आठ महिनाको अवधिमा गाविसको सिफारिस लिएर कामको लागि भारतीय सहरमा जाने २७ जनामध्ये १४ जना बालबालिका रहेको गाविसको कार्यालयको तथ्याङ्कमा उल्लेख रहेको छ । प्रायः मगर समुदायका बालबालिका यसरी गाविसको सिफारिस लिएर कामको लागि भारतर्फ जाँदै गरेको गाविसको कार्यालयले जनाएको छ ।

यस सम्बन्धमा गाविस सचिव धर्मराज बस्नेतले समुदायका भद्रभलादमीको आग्रहअनुसार उनीहरुलाई आफूले आफन्त भेटघाट भनी सिफारिस गर्दै आएको बताउनुभयो । आर्थिक अवस्था दयनीय रहेका ती बालबालिकालाई सिफारिस दिएको गाविस सचिव बस्नेतको भनाइ रहेको छ ।

यस सम्बन्धमा इलाका प्रहरी कार्यालय गौशालाले अहिलेसम्म आफूसमक्ष कुनै किसिमको जानकारी नआएको जनाएको छ । समयमै जानकारी पाए त्यस्ता बालबालिकालाई रोक्न आफू हरपल तयार रहने प्रहरी निरीक्षक शम्भु पोखरेलले बताउनुभयो ।

पढाइ लेखाइ, खेलकुद एवम् अभिभावकको माया पाउने ९१२ वर्षदेखि १६ वर्ष० उमेर समूहका बालबालिका भारतीय विभिन्न सहरमा घरको कामकाज, गार्मेन्ट, होटलका कामदेखि लिएर विभिन्न कल कारखानामा समेत कार्यरत रहँदै आएका छन् ।

भारतमा कामगर्ने क्रममा नेपालीलाई विभिन्न प्रयोजनका लागि अनिवार्यरुपमा गाविसले सिफारिस गरेको प्रमाणपत्र आवश्यक पर्दछ । – रासस
––––––––––

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ