Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
दलितका लागि लोकसेवाको निःशुल्क कक्षा – Gaule Khabar

दलितका लागि लोकसेवाको निःशुल्क कक्षा

दलितका लागि लोकसेवाको निःशुल्क कक्षा

काठमाडौँ, मंसिर २३ –

उपेक्षित, उत्पीडित र दलित वर्ग विकास समितिले सातै प्रदेशमा लोकसेवा आयोगका विभिन्न तहमा खुल्ला प्रतिस्पर्धामा सहभागी हुने दलित विद्यार्थीका लागि निःशुल्क कक्षा सञ्चालन गरेको छ ।

स्थानीय विकास मन्त्रालयअन्तर्गतको समितिले खरदार, नायब सुब्बा र शाखा अधिकृतका लागि सो कक्षा सुरु गरेको समितिका कार्यकारी निर्देशक बुद्धि नेपालीले जानकारी दिनुभएको छ ।

यसै क्रममा काठमाडौँको पुतलीसडकमा सञ्चालन गरिएको शाखा अधिकृतको निःशुल्क कक्षामा १२३ जना विद्यार्थी सहभागी भएका छन् ।स्नातक तह पूरा गरेका विद्यार्थीका लागि सो कक्षा सुरु गरिएको हो ।

कक्षा शुभारम्भ गर्दै शिक्षा राज्यमन्त्री धनमाया विकले निजामती सेवामा दलित समुदायको प्रतिनिधित्व कम रहेकाले उनीहरुको सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद जीवन परियार र जीतु गौतमले दलित समुदाय मात्र नभई मुलुकमा पछाडि परेका सबै समुदायलाई राज्यको मूलधारमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

अधिकारकर्मी तिलक परियारले यस्ता समुदायलाई अगाडि बढाउन परम्परागत सोच तथा दृष्टिकोणमा परिवर्तन ल्याउन खाँचो रहेको बताउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका