Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
आगलागीमा रु पाँचलाख बराबरको क्षति – Gaule Khabar

आगलागीमा रु पाँचलाख बराबरको क्षति

आगलागीमा रु पाँचलाख बराबरको क्षति

इनरुवा, मंसिर २१ –
सुनसरीको हरिनगरा गाविसमा गएराति आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ ।

हरिनगरा गाविस–२ सुपर मार्केटमा सञ्चालन गरेको शिवन चौरसीयाको कस्मेटिक पसलमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।

राति करिब २ बजे अचानक बिजुली सर्ट भई आगलागी हुँदा पसलमा रहेका विभिन्न कस्मेटिक सामग्री पूर्णरुपले जलेर नष्ट भएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।

घटनाका विषयमा स्थानीयले प्रहरी र अग्नी नियन्त्रकलाई बोलाए पनि दुई घन्टा ढिलो आएको र आज बिहान ४ बजे मात्र आगलागी नियन्त्रणमा आएको स्थानीय सुरज साहले बताउनुभयो । आगलागीलाई इनरुवा नगरपालिकाको बारुणयन्त्र र स्थानीयले नियन्त्रणमा लिएका थिए । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका