Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्रचण्ड सरकार जनताबाट बहिस्कृत हुन्छः नेता पौडेल – Gaule Khabar

प्रचण्ड सरकार जनताबाट बहिस्कृत हुन्छः नेता पौडेल

प्रचण्ड सरकार जनताबाट बहिस्कृत हुन्छः नेता पौडेल

नेपालगंज, मंसिर २२–

नेकपा एमालेका उप–महासचिव एवंम प्रदेश नम्बर ५ का संयोजक विष्णु पौडेलले वर्तमान सरकार जनताबाट बहिष्कृत हुँदै जाने चेतावनी दिनुभएको छ । जनताको मुद्धा र विचारलाई सम्बोधन नगरेका कारण वर्तमान सरकार बहिस्कृत हुँदै जाने चेतावनी दिनुभयो ।

आज (बुधबार) बाँकेको नेपालगञ्जमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले वर्तमान सरकार संविधान कार्यान्वयनमा चाहनै नराखेको आरोप समेत लगाउनुभयो । उहाँले आफूहरु संविधान कार्यान्वयनका लागि जस्तोसुकै ढाल बन्न पनि तयार रहेको बताउनुभयो । संविधान संरक्षणका लागि जस्तोसुकै बलिदानी दिन तयार रहेको भन्दै संविधान संशोधन फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताउनुभयो । नेता पौडेलले वर्तमान सरकारलाई ‘राष्ट्रघाती’को संज्ञा दिँदै प्रदेश नम्बर पाँचलाई कुनैपनि हालतमा विभाजन हुन नदिने बताउनुभयो ।

bishnu-poudel-2

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका