Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
धुवाँधुलोको राजधानी, सास फेर्नै कठिन – Gaule Khabar

धुवाँधुलोको राजधानी, सास फेर्नै कठिन

धुवाँधुलोको राजधानी, सास फेर्नै कठिन

काठमाडौं, पुस २-

असरल्ल फोहोरको डंगुर, सवारीसाधन, उद्योग र कलकारखानाले फ्याँक्ने कालो धुवाँ, चौडा गराउने नाममा भत्काएर अलपत्र पारिएका सडकबाट बुङ्बुङ्ती उड्ने धुलोबाट प्रदूषित वायुका कारण दिक्कलाग्दो दैनिकी बनेको उपत्यकावासीको स्वास्थ्यमा समेत घातक असर पर्न थालेको छ । नियन्त्रणका लागि प्रभावकारी कदम नचालिए उपत्यकावासीको मृत्युको पहिलो कारक प्रदूषित वायु नै बन्ने चेतावनी चिकित्सकले दिएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

कठ्याङग्रिँदो मौसमसँगै अत्यधिक धुलोधुँवा सामान्य मास्क र चस्माले छेक्न नसक्ने भएको छ भने कपडा, अनुहार, शरीर र कपालसमेत कुरूप बन्दै गएको छ । धोएको कपडासमेत सफा लगाउने मौका कमैले पाउन थालेका छन् । धुवाँधुलोले अनावश्यक पानी र साबुनसमेत खर्च गर्न बाध्य अधिकांशको समय सडकमा पानी छ्याप्न, पसल वा घरका सामग्रीमा टाँसिएको धुलो पुछ्नै बित्न थालेको छ । महत्वपूर्ण काम गर्न नपाउँदा तनावग्रस्त बन्न थालेको छ उनीहरूको जीवन । तनावसँगै अनेकौं घातक रोग देखापर्न थालेका छन् ।

धुवाँधुलोका कारण अत्यधिक प्रदूषित कार्बनले बटुवामात्र होइन, घरमै बस्नेमा पनि रुघाखोकी, एलर्जी, दिक्दारी, कामको लगावमा कमी, थकाइ लाग्ने, अनुहारमा दाग आउने, कालोपोतो र डन्डीफोर आउने, कपाल सुक्खा हुने र झर्ने, छाला फुस्रो हुनेलगायत समस्याबाट ग्रसित हुनु नियति नै बनिसकेको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ प्राध्यापक डा।करवीरनाथ योगी उपत्यकाको धुवाँधुलोले मानिसको सौन्दर्यसँगै स्वास्थ्यमा समेत घातक असर पारेको र यसले धेरैको ज्यान लिने क्रम बढेको बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका