देउवाले बिर्से आफ्नै पार्टीको विधान

देउवाले बिर्से आफ्नै पार्टीको विधान

काठमाडौं, पुस १–

आन्तरिक विवादका कारण नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा बाँकी केन्द्रीय सदस्यहरूको मनोनयन र विभागहरू गठन गर्ने अझै सकेका छैनन्।
पार्टीको विधानअनुसार पदाधिकारीका लागि निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनित गर्नुपर्नेछ। यस्तै ९ जना केन्द्रीय सदस्य पनि मनोनित गर्न बाँकी रहेको आजको नेपाल समाचार पत्रमा खबर छ ।
साथै देउवाले ४२ वटा विभाग गठन गर्नल बाँकी छ। सभापति देउवाले यी काम दुई महिनाभित्रै गरिसक्नुपर्ने थियो। तर यतिन्जेलसम्म देउवाले आफ्नै पार्टीको विधान विर्सिएको भन्दै पार्टीभित्र आलोचना हुन थालेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ