Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अर्घाखाँचीमा मंसिर २५ सम्म बन्द फिर्ता – Gaule Khabar

अर्घाखाँचीमा मंसिर २५ सम्म बन्द फिर्ता

अर्घाखाँचीमा मंसिर २५ सम्म बन्द फिर्ता

अर्घाखाँची,मंसिर २१-

प्रदेश नम्बर ५ बाट पहाडी जिल्लालाई अलग गरिएको विरोधमा जारी अर्घाखाँची बन्द फिर्ता भएको छ। संयुक्त संघर्ष समितिका संयोजक विष्णु प्रसाद खनाल मुस्कानका अनुसार मंसिर २५ गतेसम्मका लागि बन्दका कार्यक्रम फिर्ता लिइएको हो। सो अवधिभर वालपेन्टिङ, सरकारी कार्यालय घेराउ जस्ता शान्तिपूर्ण कार्यक्रम गर्ने र थप कार्यक्रम तय गर्ने उनले जानकारी दिए। अर्घाखाँचीमा परीक्षा सञ्चालनका लागि बन्द फिर्ता लिन माग हुँदै आएको थियो।

पाँच जिल्ला बन्द प्रदेश नम्बर ५ का पहाडी जिल्ला अलग गर्नेसहितको प्रस्तावको विरोधमा लुम्बिनी अञ्चलका पाँच जिल्ला सोमबार पनि बन्द रहे। रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी र अर्घाखाँची बन्दका कारण लुम्बिनी अञ्चलको जनजीवन प्रभावित भएको छ। सोमबार पाल्पा, गुल्मी र अर्घाखाँचीका सदरमुकामहरुमा दलहरुले संयुक्त प्रदर्शन गरेका छन्। पाल्पाको तानसेन, गुल्मीको तम्घास र अर्घाखाँचीको सन्धिखर्कमा गाउँगाउँबाट गएका बासिन्दाले प्रदेश नम्बर पाँचबाट पहाडी जिल्ला अलग गर्न नहुने भन्दै प्रदर्शन गरे। सबै जिल्लामा ५ नम्बर प्रदेश टुक्र्याउने प्रस्ताव फिर्ता लिन माग गर्दै सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेकपा माले, अखण्ड नेपाल पार्टी, परिवार दल, नयाँ शक्ति पार्टी लगायतको सहभागितामा जनप्रदर्शन र विरोध सभा भएको थियो।

प्रदेश नम्बर ५ बाट पहाडी जिल्ला अलग गर्ने प्रस्तावको विरोधमा रुपन्देहीको बुटवल, भैरहवा, मणिग्रामलगायतका स्थानमा आज पनि विरोध प्रदर्शन जारी रह्यो। बुटवलमा विरोधस्वरुप सांगितिक कार्यक्रम, भजन गायन जस्ता कार्यक्रम पनि भए। सरकारले संसदमा दर्ता गरेको संविधान संसोधन प्रस्तावको विरोध र समर्थनमा प्रदर्शन हुन थालेपछि कपिलवस्तुमा भने सदरमुकाम तौलिहवाको बजार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका