Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कार्यान्वयनको जटिलताले संबिधानको औचित्य छैन : बैद्य – Gaule Khabar

कार्यान्वयनको जटिलताले संबिधानको औचित्य छैन : बैद्य

कार्यान्वयनको जटिलताले संबिधानको औचित्य छैन : बैद्य

घोराही,मंसिर २०-

नेकपा क्रान्तिकारी माओबादीका अध्यक्ष मोहन बैद्यले सबैको अधिकार नसमेटिएको भन्दै संविधानको औचित्य माथि प्रश्न उठाएका छन् । नेपाल पत्रकार महासंघ दाङले सोमबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष बैद्यले संविधान प्रति सबै दल र पक्षहरुको असन्तुष्टि रहेको भन्दै औचित्य नै नभएको टिप्पणी  गरेका हुन् ।

सबै पक्षको अधिकार समेट्ने गरि संविधान नबनेकै कारण कार्यान्वयनमा चुनौती सृजना भएको बैद्यको तर्क छ । देशका सिमान्तकृत बर्ग समुदायको अधिकार सँगै मधेसीहरुको मागलाई संबिधानमा नसमेटिएकै कारण समस्या झन बल्झिदै गएको बताए ।

सरकारले पछिल्लो समयमा संबिधान संशोधनका लागि दर्ता गरेको प्रस्ताब बाह्य शक्तिको चलखेलका आधारमा ल्याईएको भन्दै अध्यक्ष बैद्यले सरकारमै रहेका पार्टीका नेताहरु बिभाजित भएको जिकिर गरे । पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष बैद्यले पाँच नम्बर प्रदेशलाई टुक्राएर र आदिबासी जनजाती सहित मधेसीहरुको माग पुरा नहुने धारणा राखे ।

साथै उनले नेपालमा रहेका क्रान्तिकारी कम्युनिष्ट शक्तीहरु गोलबन्द हुनुपर्नेमा समेत जोड दिएका छन् । अर्को प्रसंगमा सस्तो पार्टी एकीकरणले फेरी झगडा सृजना हुने भएकाले एकतामा हतार नभएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका