Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
धानको मुल्य तोकियो, खरिद भएन – Gaule Khabar

धानको मुल्य तोकियो, खरिद भएन

धानको मुल्य तोकियो, खरिद भएन

खगेन्द्र दाहाल
नेपालगन्ज, मंसिर २०-

खाद्य संस्थान अञ्चल कार्यालय नेपालगन्जले धान खरिद गर्न ढिलाई गरेको छ । धानको मुल्य निर्धारण भएपनि कर्मचारीकै कारण खरिद हुन नसकेको हो । समय सिमा भन्दा ढिला मुल्य निर्धारण भएको बाँकेमा कहिले किसानको धान खरीद गर्ने भन्ने नै अनिश्चत भएको छ । धानको मुल्य खरिद गर्ने समयमा कार्यालय प्रमुख फेरबदल हुनु र दुई जना कर्मचारीले राजिनामा दिनुले थप समस्या देखा परेको बुझिएको छ ।

प्रमुख आएपछि धान खरिद गर्ने योजना बनाउने खाद्य संस्थानले जनाएको छ । यसअघि मंसिरको पहिलो हप्ता सम्म धानको खरिद मुल्य निर्धारण गर्ने गरी तयारी भएपनि मंसिर दोस्रो हप्तापछि मात्र मुल्य निर्धारण भएको छ । बाँकेमा मोटा धानको खरिद मुल्य २ हजार पचास र मध्यम धानको २१ सय ५० तोकिएको छ । उक्त मुल्यप्रति किसानले असन्तुष्टी जनाएका छन् ।

अहिले तोकेको मुल्य तीन वर्ष अघि कै भएकाले आफुहरुलाई मान्य नहुने सितापुर–३ केगाउँका किसान गेहेन्द्र धितालले बताए । धानमा वर्षेनी लागत मुल्य बढेकाले बिक्री मुल्य पनि केही मात्रमा बढ्नुपर्नेमा त्यसो नहुँदा सम्पुर्ण किसानको पीडा राज्यले नबुझेको धितालले गुनासो गरे । बागेश्वरी–४ डिगाउँका यम दाहालले खाद्य संस्थान र बजारको मुल्यमा खासै अन्तर नभएको बताए । उनले मध्यम धान प्रति क्वीन्टल २३ सय रुपैयाँमा बिक्री गरेका छन् । ‘एक त संस्थानले धान खरिद गरेको छैन, त्यसमाथि खाद्य संस्थानले मुल्य नै कम तोक्यो,’ दाहालले भने । बनकटवाका किसान भागिरथ थारुले खाद्य सस्थानले कृषकको भावना बुभ्न नसकेको बताए । उनले भने ‘यतिका दिन सम्म व्यापारीलाई पनि बिक्री नगरी धान राखियो, तर सरकारले कृषकको मनोबल घटाउने काम ग¥यो ।’

व्यापारीले अहिले सम्म राम्रै मुल्य दिएका थिए, तर खाद्य संस्थानले कम मुल्य तोक्दा व्यापारीले पनि दिएको मुल्य नदिने हो कि भन्ने आशंका बढेको छ । बर्षेनी सस्तो मुल्यमा धान बिक्री गर्न परेको सोनपुर–४ मनकामनापुरका कृषक काशिराम कँडेलले गुनासो गरेका छन् । यो वर्ष मुल्य केही राम्रो पाउने आसा गरेका कँडेलले सरकारले मुल्य तोक्दा किसानलाई धोका दिएको बताए । काजमा रहेका खाद्य संस्थानका प्रमुख श्रीमणी खनाल मन्त्रालय फिर्ता भएपछि धान खरिद गर्ने प्रत्रिया रोकिएको धानको खरिद मुल्य निर्धारण समितिका संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका