Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बेनी–जोमसोम–कोरला सडक स्तरोन्नति हुँदै – Gaule Khabar

बेनी–जोमसोम–कोरला सडक स्तरोन्नति हुँदै

बेनी–जोमसोम–कोरला सडक स्तरोन्नति हुँदै

म्याग्दी, मंसिर ३०–

बेनी–जोमसोम–कोरला सडकखण्डको स्तरोन्नति गरी उत्तरी नाका चीनसँग द्विपक्षीय व्यापार विस्तार गर्ने सरकारी योजनाअनुसार बेनी–जोमसोम हुँदै नेपालको उत्तरी नाका कोरलासम्मको सडकको स्तरोन्नति हुने भएको छ ।

साँघुरो र जोखिमपूर्ण बेनी–जोमसोम–कोरला सडकमा सवारी सञ्चालन भइरहे पनि सडकको स्तरोन्नति गरी पर्यटकीय र व्यापारिक केन्द्रमा स्थलमार्गको पहुँच बढाउन दुई छुट्टाछुट्टै युनिट खडा गरी काम अघि बढाइने बेनी–जोमसोम–कोरला आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

आयोजना प्रमुख सुवेदीका अनुसार बेनीदेखि जोमसोमसम्मको ७६ किमी दूरीको सडक ११ मिटर चौडा बनाइ कालोपत्र गर्ने र एकसय १० किमी दूरीको जोमसोम–कोरला सडकलाई दुई खण्डमा बाँडेर स्तरोन्नति गरिने निश्चित भएको छ । बेनी–जोमसोमखण्ड कालोपत्रका लागि चार खण्डमा विभाजन गरी काम अघि बढाइनेछ । आयोजना प्रमुख सुवेदीका अनुसार बेनी–जोमसोम खण्ड कालोपत्रका लागि केही दिनमै टेन्डर गरिँदैछ ।

तीन वर्षभित्र काम सक्ने लक्ष्यका साथ चारवटा ठेकेदारमार्फत काम गर्ने योजना रहेको र अहिले लागतको ‘भेरिफिकेसन’ भइरहेको उहाँले बताउनुभयो । आयोजना प्रमुख सुवेदीले भन्नुभयो, “बेनी–जोमसोम खण्डमा नौवटा पक्की पुल बन्नेछन् । तीमध्ये दुईवटा पुल बनिरहेका छन् । बाँकी सातवटा पनि मोटरेबल पक्की पुल वनाइने छ ।”

उहाँका अनुसार अहिले सञ्चालनमा रहेका सबै बेलिब्रिज हटाएर सट्टामा पक्की पुल बन्नेछन् । आयोजना प्रमुख सुवेदीका अनुसार बेनी–जोमसोम खण्ड कालोपत्र गर्न करिब तीन अर्ब ८८ करोड रुपैयाँको लागत स्वीकृति अर्थमन्त्रालयले दिएको छ ।

जोमसोम–कोरला सडक स्तरोन्नति गर्न पनि करिब साढे तीन अर्ब रुपैयाँ लागत लाग्नेछ । बेनीदेखि कोरलासम्मकै सडक स्तरोन्नति गर्न नेपाल सरकारको लगानी रहने आयोजना प्रमुख सुवेदीले बताउनुभएको छ ।

सुवेदीका अनुसार ठेक्का सम्झौता भइसकेको माथिल्लो खण्डका लागि मात्र सरकारले यस वर्ष करिब ४० करोड रुपैयाँ विनियोजन गरेको छ । सम्झौतापछि तल्लो खण्डलाई पनि बजेट आउनेछ । “सरकारको मुख्य प्राथमिकतामा परेको बहुवर्षे आयोजना हुनाले दुईवटै खण्डको कामलाई बजेट अभाव हुँदैन,” उहाँले भन्नुभयो । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका