Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
लियो दिवसको अवसरमा अनाथ बालबालिकाहरुलाई खाना – Gaule Khabar

लियो दिवसको अवसरमा अनाथ बालबालिकाहरुलाई खाना

लियो दिवसको अवसरमा अनाथ बालबालिकाहरुलाई खाना

चितवन, मंसिर २०–

अन्तराष्ट्रिय लियो दिवस । चितवनमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । दिवसको अवसरमा आज रिजन ६ अन्तरगत रहेका सात वटा क्लवले भरतपुरस्थित ‘आमाको माया छात्रावास’ मा रहेका बालिकाहरुलाई एक दिनको भोजन गराएको छ ।

आज (सोमबार) विहान एक कार्यक्रमकाबीच भोजन खर्च बापतको रकम लियो जिल्ला परिषद् ३२५ बी टु का डाईरेक्टर प्रवेश गौतमले छात्रावास संचालक समितिकी सचिव बबिता सापकोटा र छात्रावास प्रमुख सवित्री ढकाललाई हस्तान्तरण गर्नुभयो ।

leo-day-1
रिजन ६ मा लियो क्लव अफ नारायणगढ, लियो क्लव अफ भरतपुर, लियो क्लव अफ नारायणगढ चित्रवन, लियो क्लव अफ नारायणगढ दियालो, लियो क्लव अफ गीतानगर, लियो क्लव अफ बालकुमारी कलेज, लियो क्लव अफ भरतपुर युथ रहेका छन् ।
रिजन ६ का संयोजक मनोज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा छात्रावास संचालक समितिकी सचिव सापकोटा र छात्रावास प्रमुख ढकाललगायतले बोलेका थिए । कार्यक्रममा निर्मल पाण्डेले ध्वजाको अभिवादन र योगनाथ रेग्मीले लियो प्लेज बाचन गरेका थिए । यस छात्रावासमा २० भन्दा बढि अनाथ बालबालिकाहरु आश्रित छन् ।
यसैबीच आजै साँझ यी सबै क्लवको संयुक्त आयोजनामा नारायणगढस्थित लायन्सचोकमा लियो दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम समेत हुँदैछ ।

leo-day-3

leo-day-4

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका