Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्रधानमन्त्रीले भेटे अमेरिकी राजदूत टेप्लिज, अमेरिकामा रहेका नेपालीबारे चासो – Gaule Khabar

प्रधानमन्त्रीले भेटे अमेरिकी राजदूत टेप्लिज, अमेरिकामा रहेका नेपालीबारे चासो

प्रधानमन्त्रीले भेटे अमेरिकी राजदूत टेप्लिज, अमेरिकामा रहेका नेपालीबारे चासो

काठमान्डों,मंसिर २०-

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिसले शिष्टाचार भेट गरेकी छन्। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र टेप्लिसबीच नेपालको समसामयिक राजनीतिक परिस्थिति र संक्रमणकालीन न्याय एवं यसको व्यवस्थापन सम्बन्धि कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा प्रधानमन्त्रीले सरकार संविधान कार्यान्वयन गर्नका लागि गम्भीर रहेको र सहमतिको प्रयासमा लागेको जानकारी दिएको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार प्रधानमन्त्रीले भेटमा सबै पार्टीहरू समझदारीकै माध्यमबाट संविधान कार्यान्वयनको प्रक्रियामा आउने बताए।  प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया र द्वन्द्वको व्यवस्थापनका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको प्रतिवेदनका आधारमा न्यायको व्यवस्थापन गरिने जानकारी दिएका छन्। भेटमा प्रधानमन्त्रीले भर्खरै अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचन र अमेरिकामा रहेका नेपालीहरुको भविष्यबारे पनि चासो राखेका थिए। राजदूत टेप्लिसले नेपालको राजनीतिक प्रक्रिया सकारात्मक दिशामा अगाडि बढेको, अमेरिका सधैँ नेपालको शान्ति र प्रगतिको पक्षमा रहेको भन्दै अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचन परिणामले नेपाल र नेपालीमा कुनै नकारात्मक असर नपर्ने जानकारी दिइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका