Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
रामजानकी विवाह महोत्सव मनाइँदै – Gaule Khabar

रामजानकी विवाह महोत्सव मनाइँदै

रामजानकी विवाह महोत्सव मनाइँदै

महेन्द्रनगर (धनुषा),मंसिर १९ –
‘खूव खाउ यौ दुलहा।।।।
खूव मोटाउ यौ दुलहा ।।।
अप्पन चोकटल चोकटल गालके फुलाउ यौ दुलहा।।।’ ९अर्थात् राम्ररी खानू अनि मोटाउनू०

यस्तै सुमधुर लोकगीत सङ्गीतबीच प्रत्येक वर्ष जनकपुरमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सव आज पनि धुमधाम साथ मनाइँदैछ ।

मिथिलाञ्चलको वैवाहिक परम्परालाई जीवित राख्दै प्रत्येक वर्ष मङ्सिर शुक्ल पञ्चमीको दिन मनाइँदै आइएको यस महोत्सवलाई नेपाल–भारत बीचको आदिकालीन सांस्कृतिक सम्बन्धका रुपमा पनि लिइन्छ ।

यही मङ्सिर १४ गतेदेखि सुरु भएको सात दिवसीय रामजानकी विवाह महोत्सवको आज आइतबार रामजानकी विवाह महोत्सव तथा सोमबार रामकलेवा हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिनुभयो । वैवाहिक कार्यक्रममा सहभागी हुन भारतको अयोध्याबाट ठूलो सङ्ख्यामा साधुसन्त जनकपुर आइसकेको महन्थ दासले बताउनुभयो ।

राजर्षि जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनि मार्ग शुक्ल पञ्चमी तिथिमा रामजानकी विवाहपञ्चमी मेलाको आयोजना हुने गर्दछ । सीतोपाख्यान उत्तराद्र्धमा सीता स्वयंवरका बारेमा उल्लेख भएअनुसार आश्विन पूर्णिमाका दिन अयोध्या नरेश महाराज दशरथ नन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुषलाई भाँचेको र त्यसपछि मार्ग शुक्ल पञ्चमी तिथिमा श्री राम जानकीको शुभविवाह भएको हो ।

उक्त विवाह भएको सम्झनास्वरूप जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी पर्व मनाउने परम्परा छ । राम र जानकीको स्वयंवर भएको जनविश्वास रहिआएको उक्त स्थानमा विवाह पञ्चमीका दिन जनकपुरधामस्थित राममन्दिरबाट जन्तीसहित भगवान् रामको डोला नगरको परिक्रमा गर्दै ल्याइएपछि जानकी मन्दिरबाट बाजागाजासहित लावालस्करका साथ जानकीको डोला लगेर स्वयंवर गराइन्छ । त्यसपछि दुवै डोला नगरको परिक्रमा गर्दै जानकी मन्दिरमा पुगी मिथिलाको संस्कृतिअनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ ।

हजारौँ वर्षपूर्व त्रेतायुगमा मिथिलापति शिरध्वज जनकले सीता स्वयंवरको आयोजना गर्दा देशदेशान्तरका सयौँ राजा र राजकुमार उपस्थित हुन पुगेको ऐतिहासिक तथा पौराणिक मान्यता छ । अहिले पनि हिन्दु जातिको आस्थाको केन्द्रका रूपमा रहेको जनकपुरधाममा भारतबाट आएका लाखौँ श्रद्धालु डोला परिक्रमाको दर्शन तथा पूजापाठ गर्न उपस्थित हुन्छन् । हुन त जनकपुरधाममा हरेक महिनाको पूर्णिमाका दिन पनि मासिक रूपमा मेला लाग्दछ ।

त्यस्तै, चैत्र शुक्ल नवमी तिथिमा मर्यादा पुरुषोत्तम भगवान् श्री रामचन्द्रको जयन्ती मनाउँदै रामनवमी मेलाका रूपमा एवम् त्यसको एक महिनापछि वैशाख शुक्ल नवमी तिथिमा जानकी प्राकट्य महोत्सवको उपलक्ष्यमा जानकी नवमीको उत्सव सम्पन्न हुन्छ । त्यस्तै श्रावण शुक्ल तृतीयादेखि पूर्णिमासम्म झुला महोत्सव तथा फाल्गुण शुक्ल पक्षमा पन्ध्र दिवसीय मिथिला पञ्चकोसी परिक्रमा ९जनकपुरधामदेखि पाँच कोसको दूरीमा रहेको जानकीको बाल लीलासित सम्बद्ध ठाउँको परिक्रमा० तथा उक्त परिक्रमाको अन्त्यमा फागु पूर्णिमाका दिन जनकपुरधामको अन्तःगृह परिक्रमा भीडभाडका साथ सम्पन्न हुन्छ, तर ती सबै उत्सव, चाडपर्व र समारोहमध्ये हजारौँ वर्ष पूर्व मार्ग शुक्ल पञ्चमी तिथिमा भएको रामजानकी विवाहको सम्झनामा हरेक वर्ष मनाइने रामजानकी विवाह पञ्चमी मेला सबैभन्दा बढी श्रद्धा, निष्ठा र उत्साहका साथ भव्यतापूर्वक मनाइन्छ ।

यस वैवाहिक समारोहको पूर्वाङ्गस्वरूप मार्गशुक्ल द्वितीया तिथिका दिन अयोध्याबाट साधुसन्त समेतको एउटा जन्तीको डफ्फा ९बाराती समूह०लाई जनकपुरधाम आइपुग्दा भव्य स्वागत गर्ने गरिन्छ । अयोध्याबाट आउने जन्ती समूह ९बाराती समूह०लाई यसअघि नै नेपाली सीमामा प्रवेश गर्नासाथ मटिहानी, जलेश्वर, पिपरा, लादोबेला र जनकपुरधाममा भव्य तथा हार्दिक स्वागत तथा अभिवादन गर्ने परम्परा छ ।

विवाह महोत्सवको अवसरमा आज पञ्चमी तिथिमा राममन्दिरबाट श्रीरामचन्द्रको डोला बाजागाजाका साथ नगर परिक्रमा गर्दै रङ्गभूमि मैदानमा पुग्ने कार्यक्रम रहेको छ । त्यहाँ पहिलेदेखि नै जानकी मन्दिरबाट जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध नागरिक सम्मिलित सरियाती दल ९घरगाउँले समूह वा माइती पक्ष०द्वारा स्वागत अभिवादनका साथै राममन्दिरबाट पुगेको डोलालाई जानकी मन्दिरबाट पु¥याइएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर श्रीरामचन्द्रलाई पुष्पहार अर्पण गरिन्छ । राममन्दिरबाट पुगेको मण्डपबाट महन्थले जानकीजीलाई माला लगाई आरती पूजनपछि स्वयंवर सम्पन्न हुन्छ ।

त्यसपछि राममन्दिरको मण्डपअगाडि राखेर सबै पछिपछि लाग्दछन् र जानकी मन्दिर पु¥याएर आरती पूजन गरिन्छ । त्यसपछि राममन्दिरको डोला लावालस्करका साथ राममन्दिर फर्कने गर्दछ भने त्यसै रात मिथिला परम्पराअनुसार भगवान् रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम सम्पन्न हुन्छ । अहिले रामजानकी विवाह पञ्चमी महोत्सवमा सहभागी हुन नेपाल, भारतलगायत तेस्रो मुलुकका पर्यटकको भीड लागेको छ । महोत्सवलाई व्यवस्थित गर्नलाई तीन दिनसम्म माछा, मासु तथा जाँडरक्सीको बिक्री–वितरणमा रोक लगाइएको छ ।

महोत्सवलाई व्यवस्थित र मर्यादित बनाउन यही मङ्सिर १८, १९ र २० गते नगरभित्र रहेको साना तथा ठूला होटलमा समेत माछामासु तथा जाँडरक्सीको बिक्री–वितरणमा रोक्न निर्देशन दिइएको धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप चपागाईंले जानकारी दिनुभयो ।

त्यस्तै, भगवान् राम र सीताको स्वयंवर हुने स्थानीय रङ्गभूमि मैदान बाह्रबिघा र नगरका अन्य क्षेत्रमा समेत शौचालय तथा खानेपानीको व्यवस्थापन गर्ने जिम्मेवारी जनकपुर उपमहानगपालिका र जिल्ला खानेपानी तथा सरसफाइ कार्यालयलाई दिइएको छ । सोही सडकमा सहज रुपमा यातायातको व्यवस्थापन गर्न उपमहानगरपालिकालाई जिम्मेवारी पनि दिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन थप तीन सय प्रहरी बाहिर जिल्लाबाट ल्याएर परिचालन गरेका छन् । श्रद्धालु भक्तजनलाई ध्यानमा राखी ५० जना महिला प्रहरी, साढे तीन सय सशस्त्र प्रहरीसहित करिब एक हजार प्रहरी परिचालन गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मनोजकुमार यादवले जनाउनुभएको छ ।

विवाह महोत्सवमा सहभागी हुन आउने पर्यटकका कारण जनकपुरका होटल, लज र धर्मशाला भरिभराउ छन् । साथै भक्तजनको सुविधाका लागि स्थानीय सङ्घसंस्थाले ठाउँठाउँमा बासको प्रबन्धका लागि पन्डाल निर्माण गरिदिएका छन् । रासस
महेन्द्रनगर ९धनुषा०, १९ मङ्सिर ।

विवाह महोत्सवमा सहभागी हुन आउने पर्यटकका कारण जनकपुरका होटल, लज र धर्मशाला भरिभराउ छन् । साथै भक्तजनको सुविधाका लागि स्थानीय सङ्घसंस्थाले ठाउँठाउँमा बासको प्रबन्धका लागि पन्डाल निर्माण गरिदिएका छन् । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका