Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
दयाहाङको ‘सेतो सूर्य’लाई सिंगापुरमा अवार्ड – Gaule Khabar

दयाहाङको ‘सेतो सूर्य’लाई सिंगापुरमा अवार्ड

दयाहाङको ‘सेतो सूर्य’लाई सिंगापुरमा अवार्ड

सिंगापुर,मंसिर १९ –

 

चलचित्र ‘सेतो सूर्य’ मंसिर २४ अर्थात आउँदो शुक्रबारबाट नेपालमा रिलिज हुँदैछ । चलचित्र ‘हाइवे’ निर्देशन गरेका दीपक रौनियारले यसलाई निर्देशन गरेका हुन् ।
यो चलचित्रले अहिले विश्वका विभिन्न देशमा आयोजना भैरहेका चलचित्र अवार्डहरु जितिरहेको छ । हालै मात्र, सिंगापुरमा आयोजना भएको फिल्म फेस्टिभलमा यो चलचित्र उत्कृष्ट सावित भएको छ ।

सिल्भर स्त्रिmन अवार्डसँगै चलचित्रले ५० हजार सिंगापुर डलर पनि पुरस्कार जितेको छ । चलचित्रले तत्कालिन द्धन्द्धको कथालाई बालबालिकाको नजरबाट हेर्ने प्रयास गरेको छ । चलचित्रले सिंगापुरमा ‘उत्कृष्ट फिचर फिल्म’ विधा अन्र्तगत अवार्ड जितेको निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रको दोश्रो प्रदर्शन आज सिंगापुर फिल्म महोत्सवमा गरिदैछ ।

यो चलचित्रमा नायक दयाहाङ राई मुख्य भूमिकामा छन् । उनका साथै चलचित्रमा आशा मगराती, रविन्द्र सिंह बाँनिया, सुमी मल्ल, अमृत परिवार लगायतका कलाकारको मुख्य भूमिका छ । ट्रेलर सार्वजनिक भएसँगै दर्शकको नजरमा परेको यो चलचित्रलाई ‘किम्फ फिल्म फेस्टिभल’मा प्रिमियर गर्ने तयारी गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका