बायो मेडिकल ईञ्जिनियरिङ्ग एसोसियसनको अध्यक्षमा पाण्डे

बायो मेडिकल ईञ्जिनियरिङ्ग एसोसियसनको अध्यक्षमा पाण्डे

चितवन, मंसिर १९–

चितवनका बायोमेडिकल ईञ्जिनियर प्रकाश पाण्डे बायो मेडिकल ईञ्जिनियरिङ्ग एसोसियसन अफ नेपालको केन्द्रिय अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न संघको सातौं केन्द्रिय साधारण सभाले पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । आगामी ३ वर्षे कार्यकालका लागि पाण्डेको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ ।
पाण्डे विपी कोईमेमोरियल क्यान्सर अस्पतालको बायो मेडिकल ईञ्जिनियरिङ्ग विभागका प्रमुख रहेका छन । संघको उपाध्यक्षमा रोशन बज्राचार्य, महासचिवमा लक्ष्मी त्रिपाठी, सचिवमा चिरिबाबु महर्जन र कोषाध्यक्षमा उद्धवलाल सिंह निर्वाचित भएका छन । सदस्यहरुमा सुरेश श्रेष्ठ, अमित चौधरी, राजेश बस्नेत, विनोद मानन्धर, सुरेन्द्र खड्का र राजेश शाक्य रहेको निर्वाचन संयाजक चंचल जोशीले जानकारी दिनभयो ।
स्वास्थ्य क्षेत्रमा प्रयोगमा आउने अत्याधुनिक मेडिकल उपकारण तथा औजारहरुको नियमित तथा आकस्मिक मर्मत तथा संभार उचित ब्यवस्थापन गर्ने ईञ्जिनियरिङ्ग विभागलाई बायोमेडिकल भनिन्छ । बायोमेडिकल ईञ्जिनियरिङ्गको समग्र विकास र यस क्षेत्रमा कार्यरत जनशक्तिको पेशागत हक हितमा लाग्ने नवनिर्वाचित अध्यक्ष पाण्डेले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ