Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बार्सिलोनाको भेट अब पिएसजीसंग – Gaule Khabar

बार्सिलोनाको भेट अब पिएसजीसंग

बार्सिलोनाको भेट अब पिएसजीसंग

काठमाडौं, मंसिर २८–

विश्वका तीन खतरनाक स्ट्राइकर भएको स्पेनको बार्सिलोना क्लबले च्याम्पियन्स लिगअन्तर्गत यो सिजनको पहिलो नकआउट खेल फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मनी (पिएसजी) सँग भिड्नु पर्ने भएको छ।
स्पेनिस ‘ला लिगा’ च्याम्पियन र फ्रेन्च च्याम्पियन क्लबबीचको यस खेललाई च्याम्पियन्स लिगको नकआउट चरणको ठूलो भिड्न्तको रुपमा लिइएको छ। बार्सिलोना र पिएसजीबीच सन् २०१३ यता च्याम्पियन्स लिगमा तीन पल्ट भिड्न्त भइसकेको छ। त्यसैले सोमबार साँझ स्विट्जरल्यान्डको लियोनमा सार्वजनिक खेल तालिकामा पिएसजीसँगको भिड्न्त पक्का भएपछि बार्सिलोनाले पुरानै साथीसँगको भेट भनेको छ।
बार्सिलोना यस वर्ष समूह चरणको खेलमा इङ्लिस क्लब म्यानचेस्टर सिटीलाई पछाडि छोड्दै विजेताको रुपमा छनोट भएको थियो। पिएसजी भने समुह ‘ए’मा आर्सनलपछि उपविजेताको रुपमा छनोट भयो।
बार्सिलोनाले सन् २०१३ र २०१५ मा क्वाटरफाइनलमा पिएसजीलाई हराएको थियो। २०१४ मा पनि समुह चरणको खेलमा यी दुई क्लबबीच भेट भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका